default_image

7 months ago

January 11, 2024

क्यानले गर्यो सन्दीपलाई निलम्बन, घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने

1210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ( क्यान)ले  निलम्बन गरेको छ । घरेलु र अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न नपाउनि गरि निलम्बन गरेको बिहीबार क्यानले जनाएकोछ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित आदलतको आदेश अनूसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउंदछौ।’

दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । बुधबार  सन्दीपलाई काठमाडौ जिल्ला अदालतले ८ वर्ष जेल तथा  ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

सन्दीपलाई ३ लाख जरिवाना र २ लाख युवतीलाई आर्थिक क्षतिपुर्ती तोकिएको छ । गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।

सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सन्दीपले ९९ दिन काठमाडौंको सुन्धारामा रहेको जेलमा जीवन विताउनु परेको थियो । पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए ।

नेपालको ओडिआई मान्यता निरन्तरता दिन, नेपाललाई एसिया कपमा पुर्याउन र टि२० विश्वकपमा पुर्याउन सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

२३ वर्षीय सन्दीप नेपालका प्रमुख स्पिनर हुन् । उनले नेपालबाट ५१ ओडिआईमा १ सय १२ विकेट लिएका छन् । उनी ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने बलर हुन् । उनले अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तमान तोडेका थिए । त्यस्तै उनले नेपालबाट ५२ टि२० आई खेलमा ९८ विकेट लिएका छन् ।

July 27, 2024

भारत र श्रीलंकाबीच पहिलो टि ट्वान्टी आज

एजेन्सी – श्रीलंकाविरुद्ध ३ खेलको टि-ट्वान्टी सिरिजको पहिलो खेल पाल्लेकेलेमा शनिबार सुरु हुँदा त्यो भारतीय क्रिकेटका लागि नयाँ युगको सुरुवात रुपमा हेरिने अनुमान गरिएको छ। खेल नेपाली समय अनुसार साँझ सबा ७ बजे सुरु हुनेछ।टि ट्वान्टी विश्वकपको उपाधि जितेपछि भारतीय कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टि ट्वान्टी आईबाट सन्न्यास लिएका थिए। सूर्यकुमार […]

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

Success

Thank you for your time.