default_image

1 year ago

January 11, 2024

रोहित एपिएफको कप्तानमा नियुक्त

2290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल एपिएफ क्लबको कप्तानमा नियुक्त भएका छन् । नेपाल आर्मी छाडेका रोहितलाई एपिएफले एक कार्यक्रमका बीच उनीसँग सम्झौता गरेको हो ।

सन् २०१८ मा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता जित्दा रोहित टोलीका सदस्य थिए । त्यसपछि रोहित आर्मी गएका थिए । अघिल्लो महिना प्रो क्लब च्याम्पियनसिप पछि रोहितले आर्मी छाडेका हुन् ।

यो सिजनदेखि शरद भेषावकर एपीएफमा छैनन् । प्रदीप ऐरी र भुवन कार्कीले टोलीको नेतृत्व गरि सकेका छन् । तर टोली केहि भद्रगोल भएपछि रोहितलाई कप्तानको जिम्मेवारी दिएको छ । एपिएफले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई‌ बिहीबार नै मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ।

‘रोहित सरलाई हामीले पिएमकपसँगै दीर्घकालिन सोचका साथ लिएका छौं । त्यसैले ज्ञानेन्द्र र रोहित दुबैलाई लिएका छौं । आगामी दिनमा अन्यलाई पनि थप्ने सोच बनाएका छौं । यदि रोहित चहानुहुन्छ भने भर्ना पनि हुन सनुहुन्छ । रोहितले हाम्रो भर्नाको नियम भने पालना गर्नुपर्छ’, एपिएफका एसपी सुदीप सुवेदीले हाम्रो खेलकुदसँग भने ।

रोहित गतवर्ष कार्तिकमा नेपाली टोलीको कप्तानमा नियुक्त भएका थिए । उनको कप्तानीमा नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएको छ । उनको कप्तानीमा ओडिआई मान्यता निरन्तरता, एसिया कपमा सहभागीता, विश्वकप छनोट र टि२० विश्वकपमा पुन स्थान जस्ता नेपालले सफलता हात पारेको छ ।

आर्मीमा विनोद भण्डारी कप्तान हुँदा त्यो अवसर भने पाएका थिएनन् । रोहितले नेपाली यू१९ टोलीसँगै नेपाल टि२० लिगमा विराटनगरको कप्तानी समेत गरेका थिए ।

टोलीका एक दुई नयाँ खेलाडी समेट्ने प्रक्रियामा हुँदा शुक्रबारसम्म अन्तिम नाम सार्वजनिक गर्ने एपिएफले जनाएको छ । प्रधानमन्त्री कप शनिबार टियु, मुलपानी र भैरहवामा सुरु हुनेछ । तीन विभागीय टोलीसँगै ७ प्रदेशले राउन्ड रोविनको आधारमा खेल्नेछन् ।

एपिएफले पछिल्ला दुबै प्रधानमन्त्री कपको उपाधि जितेको थियो। २०२१ मा टि२० र २०२२ नोभेम्बरमा एकदिवसीय पिएमकप उपाधि जितेको थियो । त्यसपछि पिएमकप आयोजना भएको छैन ।

January 24, 2025

पूजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]

January 24, 2025

नेपालविरुद्ध सस्तैमा समेटियो मलेसिया

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]

January 24, 2025

महिला पिएम कप – एपिएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]

Success

Thank you for your time.