default_image

2 years ago

January 11, 2024

पिएमकप खेल्ने मधेशको टोली घोषणा

2791 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हरिशंकर शाहको कप्तानीमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । अघिल्लो महिना केपी ओली टि२० प्रतियोगिता उपाधि जितेको मधेशले सिनियर टोलीका तीन खेलाडी समेट्दै बलियो टोली घोषणा गरेको छ ।

हरिशंकरसँगै पवन सरार्फ र अनिल कुमार शाह सिनियर टोलीबाट खेलेका खेलाडी छन् । पवन उपकप्तानको रुपमा छन् । यू१६ टोलीका कप्तान अभिषेक तिवारीर ओपनर मयन यादव पनि टोलीमा छन् ।

पिएमकप शनिबार देखी काठमाडौंको टियु, मुलपानी र भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ ।

सबै ७ पदेश र तीन विभागीय टोलीले एकअर्कासँग खेल्नेछन् । मधेश २०२२ मा भएको पिएमकपकमा पहिलो पटक सेमिफाइनलमा पुगेको थियो । यस पटक शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट टर्फी खेल्नेछन् । मधेश प्रदेशको एक मजबुत टोली मानिन्छ ।

मधेशको टोली :

हरिशंकर शाह (कप्तान), निरज यादव, मयन यादव, अनिल कुमार शाह (विकेटकिपर), पवन सरार्फ, अभिषेक तिवारी, अरनिको यादव, राहुल मण्डल, विशाल पटेल, रन्जित कुमार, साम्सद अन्सारी, प्रदीप पासवान र राजेश यादव ।

वैकल्पिक : डब्लू मलिक, भुलवान शहानी, प्राथिव यादव र साहिल पटेल ।

प्रशिक्षक : सुनिल शाह

व्यवस्थापक : सुवास जैसवाल

भिडियो एनालिष्ट : नवनित जैसवाल ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.