1 year ago
January 11, 2024
एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएकोछ । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता लिएकोछ ।
जितको लागि १ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा शिवम दुबे ४० बलमा ५ चौका र २ छक्कासहित ६० रनमा अविजित रहे । रिंकु सिह ९ बलमा २ चौकासहित १६ रनमा नट आउट रहे ।
कप्तान रोहित शर्मालाई दोस्रो बलमै रन आउटकोरुपमा शुन्यमा गुमाएको थियो । शुभमन गिल १२ बलमा ५ चौकासहित २३ र तिलक बर्मा २२ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।
जितेश शर्मा २० बलमा ५ चौकासहित ३१ रनमा आउट भए ।
अफगानिस्तानका स्पिनर मुजिब उर रहमानले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए । आजमतुल्लाह ओमरजाइले १ विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । अफगानिस्तानका मोहम्मद नाबीले २७ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । आजमतुल्लाह ओमरजाईले २२ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए ।
ओमरजाई र नाबीले चौथो विकेटका लागि ४३ बलमा ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नाजिबउल्लाह जद्रानले तल्लोक्रमका ११ बलमा ४ चौकासहित १९ र करिम जन्नतले ९ रन बनाए ।
ओपनर रहमानउल्लाह गुरबाज २३, इब्राहिम जद्रान २५ र रहमात शाहले ३ रन बनाए । भारतका अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले १ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]