1 year ago
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकामा अर्को सातादेखी सुरु हुने यू–१९ विश्वकप अघि नेपालले आज पहिलो वार्मअप खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा दक्षिण अफ्रिकाको जोहननेसबर्गमा सुरु हुनेछ ।
नेपालले विश्वकप अघि दुई आइसिसीको वार्मअप खेल खेल्नेछ । नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा दुई अभ्यास खेल खेलि सकेको छ । गुलशन झाको शतकमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो । दोस्रो खेलमा नामिबियालाई ६ रनले हराएको थियो ।
नेपाल ब्याटिङमा परिक्षण गर्न चाहन्छ । वार्मअप खेल हुँदा प्लेइङ ११ मा टोलीका कुनैपनि खेलाडीलाई ब्याटिङ गराउन सक्छ । देव खनाल, अर्जुन कुमाल र गुलशन झा नेपालका प्रमुख ब्याटर हुन् । तीव्र गतिका बलर गुलशन, आकाश चन्द र दुर्गेश गुप्ता हुनेछन् ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । शीर्ष तीनमा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]