default_image

1 year ago

January 13, 2024

राशिदको दुर्लभ कीर्तिमानी शतकमा बागमतीलाई विशाल लक्ष्य

5296 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर राशिद खानको दुर्लभ कीर्तिमानी शतकमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ८३ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनायो । पुलिसका लागि सातौं नम्बरका ब्याटर राशिद खान १ सय १२ बलमा ९ चौका र ६ छक्कासहित १ सय ६ रनको सानदारा कीर्तिमानी अविजित शतकीय इनिङ खेले ।

राशिदले आफ्नो क्रिकेट करिअरको कुनैपनि खेलमा प्रहार गरेको यो पहिलो शतक हो । पिएमकप इतिहासमा सातौं नम्बरमा आएर शतक हान्ने उनी पहिलो खेलाडी पनि बनेका छन् । उनले १ सय ८ बलमा करिअरको पहिलो शतक हानेका थिए ।

आरिफ शेख ६६ बलमा ५ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । पुलिसको सुरुवात भने राम्रो थिएन । एक समय १६.३ ओभरमा ७२–५ को अवस्थामा पुगेको पुलिसलाई छैटौं विकेटका लागि आरिफ र राशिदले १ सय २० रनको सानदार शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।


आरिफ सोनु देवकोटाको बलमा ठूलो सर्ट खेल्ने धुनमा लङअनमा गौतम केसीबाट क्याच आउट भए । ओपनर कुशल भुर्तेल अष्ट्रेलियाबाट नफर्की सकेको अवस्थामा पुलिसले दीलिप नाथ र सुनिल धमलालाई पठाएको थियो ।

दीलिप सातौं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए । सुनिल सूर्य तामाङको बलमा २० रनमा स्टम्पिङ आउट भए ।

अमित श्रेष्ठ टप एज लागेर १ रनमा स्क्वायर लेगमा आशुतोष घिरैयाबाट क्याच आउट भए । अर्जुन साउद २३ बलमा २ छक्कासहित २० रनमा सूर्यको बलमा बोल्ड आउट भए । शंकर राना गौतम केसीको बलमा एलबीडब्लू आउट भएपछि पुलिस ७२-५ को दयनीय अवस्थामा पुगेको थियो ।

तर त्यसपछि आरिफ र राशिदले खेललाई फर्काएका थिए । दीपेन्द्रसिंह ऐरी १३ बलमा १ चौका र १ छक्कासहित २१ रनमा आउट भए । करण केसी १५ र सागर ढकालले ३ रन बनाए ।

बागमतीका रिजन ढकालले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । सुर्य तामाङले ९ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । गौतम केसी र सोनु देवकोटाले १-१ विकेट लिए ।

June 21, 2025

विदुर मेयर कपको उपाधि वडा नम्बर ३ लाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]

June 21, 2025

नेपालको खेल अब कहिले ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली‌ राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]

June 21, 2025

तीन खेलाडीको शतकमा भारतको बलियो याेगफल

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]

Success

Thank you for your time.