default_image

7 months ago

January 13, 2024

नेपालले टस हार्यो

2718 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू–१९ विश्वकप अघि नेपालले पहिलो वार्मअप खेलमा स्कटल्यान्डसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । दक्षिण अफ्रिकाको जोहननेसबर्गमा भएको टसमा स्कटल्यान्डले जितेर पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङ गर्ने निम्तो दिएको छ ।

यो अभ्यास खेल हुँदा नेपालले आफ्नो टोलीमा भएका कुनैपनि खेलाडीलाई ब्याटिङ र बलिङ गराउन सक्छ । नेपालले विश्वकप अघि दुई आइसिसीको वार्मअप खेल खेल्नेछ ।

नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा दुई अभ्यास खेल खेलि सकेको छ ।

गुलशन झाको शतकमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो । दोस्रो खेलमा नामिबियालाई ६ रनले हराएको थियो ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । शीर्ष तीनमा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.