1 year ago
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर राशिद खानको कीर्तिमानी शतकको सहयोगमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ६८ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २ सय १४ रनमा अल आउट भयो । बागमतीलाई ओपनर आषुतोश घिरैयाले ८७ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिएपनि जिताउन सकेनन् ।
स्पिनर दीपेन्द्रसिंह ऐरीको ३८ औं ओभरको दोस्रो बलमा एज लागेर विकेटकिपर दीलिप नाथबाट क्याच आउट भएपछि शतकको अवसर गुमाएका थिए । बागमतीलाई ओपनर आषुतोश घिरैया र ईशान पाण्डेले १७.१ ओभरमा ९६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
ईशान ४८ बलमा ५ चौका र १ छक्कासहित ४४ रनमा आउट भए । उनी राशिद खानको बलमा ललित राजवंशीबाट क्याच आउट भए । त्यसपछि बागमतीले लगातार विकेट गुमाएको थियो ।
विपिन आचार्य १७, प्रतिक श्रेष्ठ १०, रित गौतम ९, सोनु देवकोटा १९ र गौतम केसीले १३ रन बनाए । प्रतिश जि.सी र विवेक मगरले खाता खोल्न सकेनन् ।
पुलिसका सागर ढकालले ९ ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । करण केसी, राशिद खान र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो ।
पुलिसको जितमा सातौं नम्बरका ब्याटर राशिद खान १ सय १२ बलमा ९ चौका र ६ छक्कासहित १ सय ६ रनको सानदारा कीर्तिमानी अविजित शतकीय इनिङ खेलेका थिए । उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए । पिएमकप इतिहासमा सातौं नम्बरमा शतक हान्ने उनी पहिलो खेलाडी बनेका छन् ।
राशिदले आफ्नो क्रिकेट करिअरको कुनैपनि खेलमा प्रहार गरेको यो पहिलो शतक थियो । आरिफ शेख ६६ बलमा ५ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । पुलिसको सुरुवात भने राम्रो थिएन । एक समय १६।३ ओभरमा ७२–५ को अवस्थामा पुगेको पुलिसलाई छैटौं विकेटका लागि आरिफ र राशिदले १ सय २० रनको सानदार शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
आरिफ सोनु देवकोटाको बलमा ठूलो सर्ट खेल्ने धुनमा लङअनमा गौतम केसीबाट क्याच आउट भए । ओपनर कुशल भुर्तेल अष्ट्रेलियाबाट नफर्की सकेको अवस्थामा पुलिसले दीलिप नाथ र सुनिल धमलालाई पठाएको थियो ।
दीलिप सातौं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए । सुनिल सूर्य तामाङको बलमा २० रनमा स्टम्पिङ आउट भए । अमित श्रेष्ठ टप एज लागेर १ रनमा स्क्वायर लेगमा आशुतोष घिरैयाबाट क्याच आउट भए । अर्जुन साउद २३ बलमा २ छक्कासहित २० रनमा सूर्यको बलमा बोल्ड आउट भए । शंकर राना गौतम केसीको बलमा एलबीडब्लू आउट भएपछि पुलिस ७२(५ को दयनीय अवस्थामा पुगेको थियो ।
तर त्यसपछि आरिफ र राशिदले खेललाई फर्काएका थिए । दीपेन्द्रसिंह ऐरी १३ बलमा १ चौका र १ छक्कासहित २१ रनमा आउट भए । करण केसी १५ र सागर ढकालले ३ रन बनाए ।
बागमतीका रिजन ढकालले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । सुर्य तामाङले ९ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । गौतम केसी र सोनु देवकोटाले १-१ विकेट लिए । उता मुलपानी मैदानमा मधेश प्रदेशले कोशीलाई ७ विकेटले हरायो । सिद्धार्थ रंगशाला भैरहवामा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले हरायो ।
January 13, 2025
एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तान क्रिकेट टोलीको घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइतवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा अफगानिस्तान पहिलो पटक सहभागी हुँदैछ […]
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]
January 12, 2025
एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]