default_image

2 years ago

January 13, 2024

एसिसी वुमन्स प्रिमियर कपको लागि नेपालका २४ खेलाडी बन्द प्रशिक्षणमा

728 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगिताको लागि २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।

अघिल्लो महिना सम्पन्न प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता प्रदर्शनलाई आधार मान्दै क्यानले बन्द प्रशिक्षणमा २४ खेलाडी बोलाएको छ । बागमती प्रदेशकी एसोदा विष्ट, मधेशकी आरती महतो र गण्डकीकी ज्योत्स्निका मरासिनी पहिलो पटक बन्द प्रशिक्षणमा परेका छन् ।

त्यस्तै कविता कुँवर, डली भट्ट, ममता चौधरी र लक्ष्मी चौधरीले टोलीमा पूनरागमन गरेका छन् । फेब्रुअरी १० देखी १८ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनएसिया, हङकङ, मलेसिया, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् । टियु र मुलपानी मैदान प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको कारण महिला टोलीको बन्द प्रशिक्षण पोखरामा हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.