default_image

7 months ago

January 13, 2024

एसिसी वुमन्स प्रिमियर कपको लागि नेपालका २४ खेलाडी बन्द प्रशिक्षणमा

623 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगिताको लागि २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।

अघिल्लो महिना सम्पन्न प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता प्रदर्शनलाई आधार मान्दै क्यानले बन्द प्रशिक्षणमा २४ खेलाडी बोलाएको छ । बागमती प्रदेशकी एसोदा विष्ट, मधेशकी आरती महतो र गण्डकीकी ज्योत्स्निका मरासिनी पहिलो पटक बन्द प्रशिक्षणमा परेका छन् ।

त्यस्तै कविता कुँवर, डली भट्ट, ममता चौधरी र लक्ष्मी चौधरीले टोलीमा पूनरागमन गरेका छन् । फेब्रुअरी १० देखी १८ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनएसिया, हङकङ, मलेसिया, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् । टियु र मुलपानी मैदान प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको कारण महिला टोलीको बन्द प्रशिक्षण पोखरामा हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.