default_image

2 years ago

January 14, 2024

खराब ब्याटिङसँगै संकटमा एपीएफ

1563 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशविरुद्ध खराब ब्याटिङ गरेसँगै संकटमा पुगेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले १४ ओभरमा ५ विकेट गुमाउँदै ४९ रन बनाएको छ । क्रिजमा लोकेश बम १ र सन्दीप जोरा ५ रन छन् ।

ओपनर प्रज्वल शाहीलाई प्रतिश जि.सीले पाँचौं ओभरको पहिलो बलमा १० रनमा सोनु देवकोटाबाट क्याच आउट गराउँदै बागमतीलाई पहिलो सफलता दिलाए । अर्को ओभरमा रोहित पौडेल रिजन ढकालको बलमा २ रना एलबीडब्लू आउट भए । रोहित २०१८ पछि पहिलो पटक एपीएफ फर्किदै टोलीको कप्तानी पनि गरेका छन् ।

आठौं ओभरको तेस्रो बलमा रिजनले आसिफ शेखलाई १५ रनमा बोल्ड आउट गरे । तर उक्त बोल्ड आउट बागमतीका खेलाडी, आसिफ र अम्पायर कसैले चाल पाउन सकेका थिएनन् ।

टियु एण्डबाट आएका स्पिनर सूर्य तामाङले १३ औं ओभरमा दुई विकेट लिएपछि एपीएफ संकटमा पुगेको छ । दोस्रो बलमा सुमित महर्जन ६ रनमा एलबीडब्लू आउट भए । दुई बलपछि पुरन बिकलाई शून्यमा बोल्ड गरेपछि एपीएफ १२.४ ओभरमा ४१–५ को दयनीय अवस्थामा पुगेको थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.