default_image

6 months ago

January 14, 2024

सन्दीपको शतकमा एपीएफको बलियो लक्ष्य

3082 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर सन्दीप जोराले शतक प्रहार गरेसँगै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ४२ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन जोड्यो । एपीएफका लागि सन्दीप जोराले १ सय ३ बलम शतक पूरा गर्दै इनिङको उद्दार गरेका थिए । एक समय ४१-५ को अवस्थामा पुगेको एपीएफ उनकै इनिङमा बलियो स्कोरसम्म पुगेको थियो ।

सन्दीपले १ सय १७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै १ सय १२ रन जोडे । उनी अन्तिम ओभरको चौथो बलमा दोस्रो रन लिने क्रममा रनआउट भएका थिए । यो सन्दीपको घरेलु करिअरको उत्कृष्ट प्रदर्शन पनि हो । यसअघि सन् २०२१ को संस्करणमा उनले कर्णालीविरुद्ध ६० रन बनाएका थिए । त्यो नै पिमएकपमा उनको उत्कृष्ट प्रदर्शन थियो ।

एपीएफको सुरुवात नै राम्रो हुन सकेन । बागमतीका दुई बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी र रिजन ढकालले उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यो सुरुवातलाई स्पिनर सूर्य तामाङले निरन्तरता दिएपछि एपीएफ दबाबमा परेको थियो ।

ओपनर प्रज्वल शाहीलाई प्रतिश जिसीले पाँचौं ओभरको पहिलो बलमा १० रनमा सोनु देवकोटाबाट क्याच आउट गराउँदै बागमतीलाई पहिलो सफलता दिलाए । २०१८ पछि पहिलो पटक एपीएफ फर्किदै कप्तानी गरेका रोहित २ रनमै आउट भए ।

रोहित पौडेल रिजन ढकालको बलमा २ रना एलबीडब्लू आउट भए । आठौं ओभरको तेस्रो बलमा रिजनले आसिफ शेखलाई १५ रनमा बोल्ड आउट गरे । तर उक्त बोल्ड आउट बागमतीका खेलाडी, आसिफ र अम्पायरले समेत केही बेरसम्म चाल पाउन सकेका थिएनन् ।

टियु एण्डबाट आएका स्पिनर सूर्य तामाङले १३ औं ओभरमा दुई विकेट लिएपछि एपीएफ संकटमा पुगेको थियो । दोस्रो बलमा सुमित महर्जन ६ रनमा एलबीडब्लू आउट भए । दुई बलपछि पुरन बिकलाई शून्यमा बोल्ड गरेपछि एपीएफ १२.४ ओभरमा ४१–५ को दयनीय अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि लोकेश र सन्दीप जोराले ६६ रनको साझेदारी गरेका थिए । लोकेश ४२ बलमा १ छक्कासहित २७ रनमा आउट भए । लेग स्पिनर सोनु देवकोटाको बलमा एज लागेर विकेटकिपर रविन जोशीबाट क्याच आउट भए । भुवन कार्कीलाई सूर्यले ७ रनमा बोल्ड गरेपछि ३०.२ ओभरमा १२९–७ को अवस्थामा पुगेको थियो ।

त्यसपछि अमर र सन्दीपले नवौं विकेटका लागि ६८ रनको साझेदारी गर्दै एपीएफलाई बलियो योगफलतर्फ अघि बढाएका थिए । अमर ४६ बलमा १ चौकासहित २२ रन जोड्दै प्रतिस जिसीको एलबिडब्लु धरापमा परे । अभिनाश बोहोराले १७ बलमा २ चौकासहित नटआउट १८ रन जोड्दै इनिङलाई सहयोग गरे । उनले सन्दीपसँग ३४ बलमा ४३ रनको साझेदारी गरेका थिए ।

बागमती पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो । एपीएफको पहिलो खेल हो । यस पटक देखी प्रधानमन्त्री कप राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पिएमकप टियु, मुलपानी र भैरहवामो सिद्धार्थ रंगशालामा हुनेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.