default_image

12 months ago

January 15, 2024

विनोदको शतकमा मधेशलाई विशाल लक्ष्य

2352 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई ३ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ३ सय २० रनमा अल आउट भयो । आर्मीका विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्कासहित १ सय १३ रनको शतकीय इनिङ खेले ।

पिएमकपमा दीपेन्द्रसिंह ऐरी र विनोद बाहेक अन्य कुनैपनि ब्याटरले दुई शतक हानेका छैनन् । उनको करिअरको चौथो शतक हो । उनले यसअघि २०२१ को पिएमकपमा गण्डकी प्रदेशविरुद्ध १ सय ११, काठमाडौं मेयर्स कपमा बागमतीविरुद्ध १ सय १९ र २०१९ मा मनमोहन एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीविरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए ।

विनोद भण्डारीले ८५ रनमा लङअफमा मयन यादवले क्याच छाड्दा जीवनदान पाएका थिए । एक समय २०.५ ओभरमा १०२–५ को अवस्थामा पुगेको आर्मीलाई पाँचौं विकेटका लागि विनोद र कुशल मल्लले १ सय १८ बलमा १ सय ३२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

कुशल ४४ बलमा २ चौका र २ छक्कासहित ३७ रनमा आउट भए । आर्मीलाई ओपनर इमरान शेख र सन्तोष कार्कीले १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मधेशका पूर्व दुई खेलाडीले राम्रो सुरुवात गरेपनि ठूलो इनिङमा परिणत गर्न चुके ।

इमरान ३७ बलमा ५ चौकासहित २६ रनमा आउट भए । टियु एण्डबाट आएका स्पिनर रञ्जित कुमारले आर्मीका चार शीर्ष विकेट लिँदै खेलमा फर्काएका थिए । तर अन्य बलरले साथ नदिदा आर्मीलाई सस्तैमा रोक्न सकेन ।

१७ औं ओभरको पाँचौं बलमा रन्जितले भीम सार्कीलाई १८ रनमा एलबीडब्लू आउट गरे । २१ औं ओभरको चौथो बलमा सन्तोष कार्की ४२ रनमा स्टम्पिङ आउट भए । उनले ५४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को बलमा कभरमा सन्दीप रजाली शून्यमा पवनबाट क्याच आउट भएपछि आर्मी २०.५ ओभरमा १०२–५ को अवस्थामा पुगेको थियो ।

त्यसअघि भने विनोद र कुशलले खेलमा फर्काएका थिए । विनोद रन्जितको ४४ औं ओभरको पाँचौं बलमा प्वाइन्टमा क्याच आउट भए । रन्जितले पिएमकपमा पहिलो पटक पाँच विकेट पूरा गरेका हुन् ।

विवेक यादव ३० बलमा २ चौकार २ छक्कासहित ३७, बसिर अहमद १६ र सोमपाल कामीले ६ रन बनाए ।
मधेशका रन्जित कुमारले ९ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए । विशाल सिंहले ९ ओभरमा ८४ रन खर्चेर २ विकेट लिए । रुपेश र राजेश यादवले १-१ विकेट लिए ।

January 13, 2025

नेपाल अभ्यास खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]

January 13, 2025

नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]

January 13, 2025

दीपेन्द्र र कुशलले पहिलो खेलमा मौका पाएनन्

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]

Success

Thank you for your time.