default_image

6 months ago

January 15, 2024

आर्मीको सानदार विजयी सुरुवात

862 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय २६ रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि ३ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको मधेश ४८.४ ओभरमा १ सय ९४ रनमा अल आउट भयो । मधेशका पवन सरार्फले ८३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रन बनाए पनि जित्न पर्याप्त भएन । पवन ३७ औं ओभरको दोस्रो बलमा साहब आलमलाई ठूलो सर्ट खेल्ने धुनमा लङअनमा कुशल मल्लबाट क्याच आउट भए ।

त्यसअघि पवनले ६० रनमा जीवनदान पाएका थिए । तर त्यसलाई भरपूर्ण फाइदा उठाउन भने सकेनन् । स्पिनर साहब आलमलाई ठूलो सर्ट खेले पनि काउकर्नरमा सोमपाल कामीले जम्प हानेर क्याच गर्न खोज्दा छाड्न पुगेका थिए । मधेशलाई ओपनर मयन यादव र अनिल शाहले ८ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

जितेन्द्र मुखियाको बलमा हरिशंकर शाह १२ रनमा विनोद भण्डारीबाट क्याच आउट भएपछि मधेशले लगातार विकेट गुमाएको थियो । अनिलले ब्यक्तिगत ९ रनमा विकेटकिपर सन्तोष कार्की र १० रनमा स्लिपमा विनोदले क्याच छाड्दै दुई ठूला जीवनदान पाएका थिए । तर त्यो जीवनदानको फाइदा उठाउन सकेनन् ।

मयन यादव ३२ बलमा ६ चौकासहित ३२, हरि शंकर शाह ४, निरज यादव शून्य, अरनिको यादव २, विशाल पटेल १७ र रुपेश सिंह १८ रनमा आउट भए ।

मधेश एक समय ४०.३ ओभरमा १६२–९ को अवस्थामा पुगेको थियो । राजेश यादव र रन्जित कुमारले अन्तिम विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए ।

राजेश यादव ४८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहे । रन्जित ११ बलमा २ रनमा एलबीडब्लू आउट भए ।
आर्मीका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले दुई, जितेन्द्र मुखिया र कुशल मल्लले १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मी निर्धारित ५० ओभरमा ३ सय २० रनमा अल आउट भएको थियो । आर्मीको जितमा विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्कासहित १ सय १३ रनको शतकीय इनिङ खेले । उनको करिअरको चौथो र पिएमकपको दोस्रो शतक हो ।

एक समय २०.५ ओभरमा १०२–५ को अवस्थामा पुगेको आर्मीलाई पाँचौं विकेटका लागि विनोद र कुशल मल्लले १ सय १८ बलमा १ सय ३२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । त्यो साझेदारी विशाल योगफलमा पुग्न निर्णायक बन्यो ।

कुशल मल्ल ४४ बलमा २ चौका र २ छक्कासहित ३७ रनमा आउट भए । आर्मीलाई ओपनर इमरान शेख र सन्तोष कार्कीले १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

इमरान ३७ बलमा ५ चौकासहित २६ रनमा आउट भए । टियु एण्डबाट आएका स्पिनर रञ्जित कुमारले आर्मीका चार शीर्ष विकेट लिँदै खेलमा फर्काएका थिए । तर अन्य बलरले साथ नदिदा आर्मीलाई सस्तैमा रोक्न सकेन ।

१७ औं ओभरको पाँचौं बलमा रन्जितले भीम सार्कीलाई १८ रनमा एलबीडब्लू आउट गरे । २१ औं ओभरको चौथो बलमा सन्तोष कार्की ४२ रनमा स्टम्पिङ आउट भए । उनले ५४ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा कभरमा सन्दीप रजाली शून्यमा पवनबाट क्याच आउट भएपछि आर्मी २०.५ ओभरमा १०२–५ को अवस्थामा पुगेको थियो ।

त्यसअघि भने विनोद र कुशलले खेलमा फर्काएका थिए । विनोद रन्जितको ४४ औं ओभरको पाँचौं बलमा प्वाइन्टमा क्याच आउट भए । रन्जितले पिएमकपमा पहिलो पटक पाँच विकेट पूरा गरेका हुन् ।

विवेक यादव ३० बलमा २ चौकार २ छक्कासहित ३७, बसिर अहमद १६ र सोमपाल कामीले ६ रन बनाए । मधेशका रन्जित कुमारले ९ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए । विशाल सिंहले ९ ओभरमा ८४ रन खर्चेर २ विकेट लिए । रुपेश र राजेश यादवले १(१ विकेट लिए ।

मधेशले पहिलो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको थियो । मधेशले मंगलबार मुलपानी क्रिकेट मैदानमा बागमतीसँग खेल्नेछ । उता बुधबार बागमतीसँग नै खेल्नेछ । १० टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । आज मुलपानीमा एपीएफले कोशीलाई ६ विकेटले हरायो ।

भैरहवामा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले हरायो । मंगलबार टियुमा कोशी र पुलिसबीच खेल हुनेछ । मुलपानीमा बागमती र मधेश प्रदेशले खेल्नेछन् । भैरहवामा कर्णाली र सुदूरपश्चिम खेल्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.