default_image

6 months ago

January 17, 2024

प्रधानमन्त्री कपमा आफैं प्रायोजक खोज्ने मधेश एक्लो टोली

3601 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता काठमाडौं र भैरहवामा जारी छ । ७ प्रदेश र तीन विभागीय टोलीबीच पिएमकप इतिहासमै पहिलो पटक राउन्ड रोविनको आधारमा भएको छ ।

यस पटक पिएम कपमा मधेश प्रदेश बाहेक अन्य सबै ९ टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले भित्र्याएको प्रायोजकको विज्ञापन जर्सीमा मुख्य स्थान दिएका छन् । तर मधेशले भने पिएमकपमा आफ्नै प्रायोजकलाई मुख्य स्थान दिएको छ । यसबाहेक क्यानको प्रायोजकलाई पनि स्थान दिएको छ । आफैं प्रायोजक खोजेर राख्ने मधेश यस प्रतियोगितामा एक्लो टोली हो ।

क्यानका सचिव पारस खड्काले मधेशको आग्रहमा उक्त प्रायोजक राख्न दिएको बताए । ‘मधेशले आफ्नो प्रायोजक राख्न नै हामीलाई आग्रह गर्नु भएको थियो । त्यसै अनुसार वहाँहरुले त्यो प्रायोजक राख्नु भएको हो । यस्तो किसिमको कार्य हरेक प्रदेशमा आवश्यक पनि छ’, पारसले भने ।

मधेशले ग्लोबल नेपाल कार्गो सर्विससँग प्रयोजन सम्झौता गरेको थियो । यसबाहेक मधेशले मिडिया मार्केटिङको अधिकार पनि एसिया मिडियालाई ब्रिकी गर्दैछ । एसिया मिडियामार्फत ग्लोबल नेपाल प्रायोजकको रुपमा भित्रिएको हो ।

‘हामीले एसिया मिडियासँग मार्केटिङ अधिकार बिक्री गर्दैछौं । एसिया मिडियाले हामीलाई खोजेर ल्याएको हो । उसले जुन ल्याउँछ हामी त्यहि राख्ने हो । एसियासँग हामीले केहि समयमा मिडिया मार्केटिङको सम्झौता गर्नेछौं’, मधेश प्रदेशका सचिव तथा क्यानका केन्द्रिय सदस्य आयुश श्रेष्ठले हाम्रो खेलकुदसँग भने ।

आयुशका अनुसार एसियाले मधेश प्रिमियर लिग पनि आयोजना गर्नेछ । ‘यो सम्झौता एक वर्षको लागि हो । यसको केहि दिनपछि सम्झौता गर्छौ । रकममा दुवै पक्ष सन्तुष्ट छौं । प्रदेशले खेल्ने सबै प्रतियोगिता र मधेश प्रिमियर लिगमा पनि प्रयोग गरिनेछ ।’

‘मधेश प्रिमियर लिग पनि एउटा उनीहरुले गर्ने हो । अहिले सम्झौता नै भइसकेको छैन । तर काम भने अघि बढाएका छौं । यो पाँच वर्षको लागि नै सम्झौता गर्ने सम्भावना छ । मधेश प्रिमियर लिग वैशाख-जेठ तिर गर्नेछौं । आठ जिल्लाकै खेलाडी हुन्छ । प्रत्येक टोलीले नेपालबाट खेलेको चार खेलाडी खेल्न पाउँछन्’, उनले भने ।

मधेश दुई महिना अघि पोखरामा केपी ओली कप टि२० प्रतियोगिता उपाधि आर्मीलाई हराउँदै जितेको थियो । सन् २०२२ को पिएमकपमा पहिलो पटक सेमिफाइनल खेलेको थियो । यस पटक प्रदेशबाट फाइनल र शीर्ष चारमा पर्न सक्ने बलियो टोलीको रुपमा हेरिएको छ ।

नेपाली टोलीबाट खेली सकेका दुई खेलाडी अनिल शाह र पवन सरार्फ पुलिस छाडेर प्रदेश फर्किएपछि टोली मजबुत बनेको छ । पछिल्लो समय खेलाडी लगातार उत्पादन गर्दै आएको छ । अनिल र पवन फर्कंदा विवेक यादव, इमरान शेख र सन्तोष कार्की भने आर्मी पुगेका छन् । तर पनि मधेशले लगातार राम्रो गर्दै आएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.