2 years ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर सुजन थपलियाको उत्कृष्ट शतकमा कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १ सय ६७ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । कोशीका चौथो नम्बरका बायाँ हाते ब्याटर सुजन थपलियाले १ सय २६ बलमा ६ चौका र ८ छक्कासहित १ सय ५ रनको सानदार शतकीय इनिङ खेले ।
उनले ४४ औं ओभरको पाँचौं बलमा सागर ढकाललाई चोभार एन्डतर्फ लङअनमा छक्का हान्दै आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए । उनले १ सय १९ बलमा शतक पूरा गरेका थिए ।
सुजन बाहेक अन्य कुनै पनि कोशीका ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । कोशीले एक एन्डबाट लगातार विकेट गुमायो । तर अर्को एन्डबाट सुजन थपलिया रन जोड्दै कोशीको साख बचाएका थिए ।

सुजनले संयमित र जिम्मेवारी प्रदर्शन गरेका थिए । दोस्रो ओभरमै करण केसीले ओपनर आशिष भट्टराईलाई ४ रनमा दीलिप नाथबाट क्याच गराए । सोनु अन्सारी राशिद खानको बलमा शून्यमा बोल्ड आउट गरे ।
३७–२ को अवस्थाबाट लगातार विकेट गुमाउँदा कोशी २४.३ ओभरमा ६४–७ को अवस्थामा पुगेको थियो । त्यसपछि अभ्यास तिमिशिनाले आठौं विकेटका लागि सुजनसँग ९९ रनको साझेदारी गरेका थिए । अभ्यासले ६४ बलमा १ चौका र १ छक्कासहित २३ रन बनाए ।
ओपनर अंकित सुवेदी १०, मिनाश थापा २ र फिर्दोस अन्सारी ९ रनमा आउट भए । पुलिसका करण केसीले ९.२ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिए । कुशल भुर्तेल, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]