2 years ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तीन अर्धशतकको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ७८ रनको बलियो लक्ष्य दिएको छ ।

सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनायो । ओपनर खडक बोहराले १ सय १४ बलमा ६ चौकासहित सर्वाधिक ८० रन बनाए । अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोडे ।
सुदूरलाई सानदार सुरुवात दिलाउन पहिलो विकेटका लागि टेक र खडकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए ।
प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान कायम गरेका हुन् । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १ सय ३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान तोडेका हुन् ।
नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विष्फोटक अन्त्य गरे । जोशी १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहे ।
किरण ठगुन्ना ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा रन आउट भए । राजु रिजाल १९ र नरेश भट्ट १५ रनमा आउट भए । कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १–१ विकेट लिए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]