default_image

2 years ago

January 16, 2024

तीन अर्धशतकमा सुदूरको बलियो योगफल

1671 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीन अर्धशतकको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ७८ रनको बलियो लक्ष्य दिएको छ ।

सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनायो । ओपनर खडक बोहराले १ सय १४ बलमा ६ चौकासहित सर्वाधिक ८० रन बनाए । अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोडे ।

सुदूरलाई सानदार सुरुवात दिलाउन पहिलो विकेटका लागि टेक र खडकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए ।

प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान कायम गरेका हुन् । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १ सय ३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान तोडेका हुन् ।

नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विष्फोटक अन्त्य गरे । जोशी १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहे ।

किरण ठगुन्ना ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा रन आउट भए । राजु रिजाल १९ र नरेश भट्ट १५ रनमा आउट भए । कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.