12 months ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशका मध्यक्रमका ब्याटर सुजन थपलियाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध एक उत्कृष्ट शतकीय इनिङ खेले । टोली ७ विकेटले पराजित भए पनि उनले एकल प्रदर्शनका साथ साख बचाएका थिए । पुलिसले उनलाई तीन सहज क्याच छाड्दै जीवनदान दिएको थियो । त्यहिँ जीवनदानको फाइदा उठाउँदै करिअरको पहिलो शतक हाने ।
‘अली सानो सुरुवात त पाई सकेको थिए । बीचमा कोल्याप्स हुँदा अभ्यास आएपछि मलाई एउटा विश्वास दिलायो की एउटा साझेदारी बनेपछि म पनि आफ्नो तर्फबाट गर्न सक्छु । त्यसको सहयोगले मलाई शतक बनाउन धेरै सहयोग गर्यो’, करिअरको पहिलो शतकपछि सुजनले भने ।
एक समय ६४–७ को दयनीय अवस्थामा पुगेको कोशीलाई सम्मानजनक योगफलमा पुर्याउन सुजनले आठौं विकेटका लागि अभ्यास तिमिशिनासँग ९९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
उनले १ सय २६ बलमा ६ चौका र ८ छक्कासहित १ सय ५ रनको शतकीय इनिङ खेले । अभ्यास ५४ बलमा २३ रनमा आउट भए । यी दुई खेलाडीको उक्त साझेदारीलेले कोशी १ सय ६६ रनमा अल आउट भएको थियो ।
सुजनले हानेका ८ मध्य ४ छक्का लेग स्पिनर कुशल भुर्तेललाई थियो । सुजन बायाँ हाते ब्याटर हुँदा सट प्रहार गर्न सहज भएको थियो ।
कोशी जारी प्रतियोगितामा सुरुवाती तीनै खेलमा पराजित भएको छ । एपीएफसँग ६ र मधेशसँग ७ विकेटले पराजित भएको छ । कोशी कमजोर प्रदर्शनसँगै खेलाडी छनोटलाई लिएर पनि चर्को आलोचना हुँदै आएकोछ । सुजन खेलाडीले उत्कृष्ट दिन खोजेको बताउँछन् ।
‘हाम्रो सबै खेलाडीहरुले आफ्नो तर्फबाट उत्कृष्ट दिन खोजेका छन् । तर त्यो आएको छैन । तर आगामी दिनमा आउँछ होला । किनभने टिम कम्बिनेसन बन्दैछ । बाँकी धेरै खेलहरु हुँदा हाम्रो उत्कृष्ट प्रदर्शन आउँछ’, उनले भने ।
उनले शतक नसोचेको बताउँछन् । ‘आज मैले खासै शतक सोचेको थिएन । खेल्दा खेल्दै एउटा लङ इनिङ भयो । त्यसमा म खुसी छु’, उनले भने ।
‘जव अलीकती कोल्याप्स (पतन) भएपछि अलिकति म ४५ रनमा थिए । त्यो समय मलाई आक्रामक क्रिकेट खेलौ जस्तो लाग्यो । किनभने तल्लोक्रमका ब्याटरबाट रन बनेको थिएन । त्यसैले अल आउट भइहालिन्छ कि भन्ने थियो’, उनले भने ।
त्यसैमा थपे, ‘अभ्यास भाइ आएर एउटा वातावरण मिलाइदियो । सिंगल डबल रन बटुल्यो । एक छेउबाट उसले धेरे राम्रो क्रिकेट खेल्यो । दुई जीवनदान दिएपछि अव म मौका दिँदैन र राम्रो सट हानेर स्कोरतिर जान्छु भनेको थिए’, उनले भने ।
उनको पूरा भिडियो :
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]
January 12, 2025
एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]