default_image

6 months ago

January 16, 2024

वर्षाको कारण नेपाल र वेस्टइन्डिजबीचको खेल रद्द

3596 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू१९ विश्वकप अघि नेपालको अन्तिम वार्मअप खेल वेस्टइन्डिजविरुद्ध वर्षाको कारण रद्द भएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल दिउँसो १ : ४५ मा सुरु हुनेपर्ने थियो । तर वर्षाकै कारण आधा घण्टा ढिलो टस भएको थियो ।

नेपालले टस जितेर वेस्टइन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो । वेस्टइन्डिजले ८.३ ओभरमा १ विकेट गुमाउँदै ३३ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । खेल रद्द भएको वेस्टइन्डिज क्रिकेट बोर्डले पुष्टि गरेको छ ।

योसँगै नेपालको दक्षिण अफ्रिकामा यू१९ विश्वकपको तयारी पनि सकिएको छ । दक्षिण अफ्रिकामा नेपालले आइसिसीले प्रदान गर्ने पहिलो वार्मअप खेल स्कटल्यान्डसँग खेल्दै ७ विकेटले विजयी भएको थियो । त्यसअघि नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

नेपालले खेल्ने यू१९ विश्वकपको सम्पूर्ण जानकारी यस प्रकार छ ।

समय : माघ ५ देखी २८ गते सम्म (१९ जनवरी देखी ११ फेब्रुअरी सम्म)

समूह ए : भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका

समूह बी : इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड

समूह सी : अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया

समूह डी : नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान ।

विश्वकपका खेलहरु

माघ ७ (२१ जनवरी) : न्युजिल्यान्ड, बुफलो पार्क, इस्ट लन्डन

माघ १० (२४ जनवरी) : पाकिस्तान, बुफलो पार्क, इस्ट लन्डन

माघ १२ (२६ जनवरी) : अफगानिस्तान, बुफलो पार्क, इस्ट लन्डन

यस पटक देखी हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । कम्तिमा एक जित हात पार्न सके सुपर सिक्सको सम्भावना बलियो बन्ने देखिन्छ । पुछारमा रहने सबै टोलीले १२ देखी १६ औं स्थानका लागि प्लेअफ खेलहरु खेल्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.