default_image

2 years ago

January 17, 2024

एलेनको विष्फोटक शतकमा न्युजिल्यान्डलाई दुई खेल अगावै सिरिज उपाधि

1097 views

0 Bookmark

एजेन्सी – ओपनर फिन एलेनले १६ छक्कासहित विष्फोटक शतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा पाकिस्तानलाई ४५ रनले हराउँदै दुई खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा ३–० को अग्रता लिएको हो ।

जितको लागि २ सय २५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । पाकिस्तानका बाबर आजमले ३७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । अन्य कुनैपनि पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर समै अयुब १०, मोहम्मद रिजवान २४, फखार जमान १९, मोहम्मद नवाज २८ र आजम खान १० रनमा आउट भए ।
न्युजिल्यान्डका टिम साउथीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । म्याट हेनरी, लोकी फर्गुसन, मिचेल सान्टनार र ईश सोधीले १–१ विकेट लिए ।

त्यअसघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धाारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर फिन एलेनले ६२ बलमा ५ चौका र १६ छक्कासहित १ सय ३७ रनको विष्फोटक शतकीय इनिङ खेले । उनको यो टि२० आई करिअरको दोस्रो शतक हो । अन्तर्राष्ट्रिय क्रिकेट करिअरको उत्कृष्ट प्रदर्शन हो ।

उनले टि२० आईमा एकै खेलमा सर्वाधिक छक्का हान्ने विश्व कीर्तिमान बराबर गरेका छन् । उनले अफगानिस्तानका ओपनर हज्रातुल्लाह जजाईले २०१९ मा आयरल्यान्डविरुद्ध हानेको १६ छक्काको विश्व कीर्तिमान बराबर गरेका हुन् ।

त्यस्तै उनी न्युजिल्यान्डबाट एकै टि२० आई खेलमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् । उनले सन् २०१२ मा पूर्वकप्तान ब्रेन्डन म्याककुलेमको बंगलादेशविरुद्ध १ सय २३ रनको कीर्तिमान तोडेका हुन् । एकै टि२० आई खेलमा सर्वाधिक रन भने अष्ट्रेलियाका आरोन फिन्चले २०१८ मा जिम्बावेविरुद्ध १ सय ७२ रन बनाएका थिए ।

टिम सिफर्ट २३ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । ग्लेन फिलिप्स १९ र डेभन कन्वे ७ रनमा आउट भए । हरिस रौफले ओपनर डेभन कन्वेलाई ७ रनमा आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि टिम सिफर्ट र एलेनले ६१ बलमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अन्त्यतिर विष्फोटक ब्याटिङ गर्ने धुनमा विकेट गुमाएको थियो ।

एलेन जमान खानको १८ औं ओभरको दोस्रो बलमा बोल्ड आउट भएका थिए । पाकिस्तानका हरिस रौफले ४ ओभरमा ६० रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, जमान खान, मोहम्मद नवाज र मोेहम्मद वासिमले १-१ विकेट लिन सफल भए । अव चौथो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.