default_image

6 months ago

January 17, 2024

सूर्य चम्कँदा खुलेन आर्मीको ब्याटिङ

3578 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा स्पिनर सूर्य तामाङको उत्कृष्ट बलिङमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी २७.१ ओभरमा ९७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए । पछिल्लो खेलमा मधेशलाई हराउन ह्याट्रिकसहित ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध पनि सानदार बलिङ गरे ।

सूर्यले ५ विकेट लिँदै सिनियर टोलीबाट खेलेका ८ खेलाडी सम्मिलित आर्मीलाई एक सय रन कटाउन पनि दिएनन् । आर्मीको टोलीमा सन्तोष कार्की, इमरान शेख र सन्दीप रजाली बाहेक अन्य ८ खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।

मुलपानीको स्पिनर सहयोगी मैदानमा आर्मी कुनै पनि समय खुल्न सकेन । तीव्र गतिका बलर प्रतिश जि.सीले इमरान शेखलाई ५ रनमा क्याच र सन्तोष कार्कीलाई रिजन ढकालले ९ रनमा बोल्ड गरे । त्यसपछि सूर्यले आर्मीको मध्यक्रम ध्वस्त पारेका थिए । आर्मीले सोमपाल कामीलाई तेस्रो नम्बरमा पठाएको थियो ।

सोमपाल रिजन ढकालको बलमा शून्यमा प्रतिशबाट क्याच आउट भए । सूर्यले कुशल मल्ललाई शून्य, बसिर अहमदलाई ५ र साहब आलमलाई ७ रनमा बोल्ड आउट गरे । त्यस्तै भीम सार्कीलाई १८ र सन्दीप रजालीलाई एक रनमा क्याच गराउँदै सूर्यले बागमतीलाई खेलमा हाबी बनाएका थिए । विवेक यादव ११ रनमा नट आउट रहे ।

बागमतीका सूर्य तामाङले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । प्रतिश जि.सीले ५.१ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए । रिजन ढकालले ५ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । कृर्जन गुरुङको नाममा एक विकेट रह्यो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.