2 years ago
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको ऐतिहासिक जित हात पारेको छ । बागमतीले प्रधानमन्त्री कपमा पहिलो पटक आर्मीलाई हराएको हो । राष्ट्रिय स्तरको प्रतियोगितामा यसअघि २०२१ को काठमाडौं मेयर्स कपमा बागमतीले आर्मीलाई १० रनले हराएको थियो ।

जितको लागि ९८ रनको सामान्य लक्ष्य बागमतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
बागमतीको जितमा अशोक पौडेलले ३० बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए । ओपनर आशुतोष घिरैयाले २, ईशान पाण्डे १२, रित गौतम ४, प्रतीक श्रेष्ठ ७ र रविन जोशीले १२ रन बनाए ।
प्रतिश जिसि २४ बलमा १ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे ।
आर्मीका तिव्र गतिका बलर सोमपाल कामीले ३ र जितेन्द्र मुखिया र साहब आलमले २-२ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी २७.१ ओभरमा ९७ रनमा अल आउट भएको थियो ।
आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए । पछिल्लो खेलमा मधेशलाई हराउन ह्याट्रिकसहित ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध पनि सानदार बलिङ गरे ।
सूर्यले ५ विकेट लिँदै सिनियर टोलीबाट खेलेका ८ खेलाडी सम्मिलित आर्मीलाई एक सय रन कटाउन पनि दिएनन् । आर्मीको टोलीमा सन्तोष कार्की, इमरान शेख र सन्दीप रजाली बाहेक अन्य ८ खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।
मुलपानीको स्पिनर सहयोगी मैदानमा आर्मी कुनै पनि समय खुल्न सकेन । तीव्र गतिका बलर प्रतिश जि.सीले इमरान शेखलाई ५ रनमा क्याच र सन्तोष कार्कीलाई रिजन ढकालले ९ रनमा बोल्ड गरे । त्यसपछि सूर्यले आर्मीको मध्यक्रम ध्वस्त पारेका थिए । आर्मीले सोमपाल कामीलाई तेस्रो नम्बरमा पठाएको थियो ।
सोमपाल रिजन ढकालको बलमा शून्यमा प्रतिशबाट क्याच आउट भए । सूर्यले कुशल मल्ललाई शून्य, बसिर अहमदलाई ५ र साहब आलमलाई ७ रनमा बोल्ड आउट गरे । त्यस्तै भीम सार्कीलाई १८ र सन्दीप रजालीलाई एक रनमा क्याच गराउँदै सूर्यले बागमतीलाई खेलमा हाबी बनाएका थिए । विवेक यादव ११ रनमा नट आउट रहे ।
बागमतीका सूर्य तामाङले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । योसँगै उनी ४ खेलमा १७ विकेटका साथ शिर्ष स्थानमा छन् । प्रतिश जि.सीले ५.१ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए । रिजन ढकालले ५ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । कृर्जन गुरुङको नाममा एक विकेट रह्यो ।
बागमती सुरुवाती दुई खेलमा पुलिस र एपीएफसँग पराजित भएको थियो । मधेस र आर्मीलाई हराएको छ । उता आर्मी पहिलो खेलमा मधेसलाई हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]