default_image

6 months ago

January 17, 2024

रोहित र रिंकुले तोडे नेपाली खेलाडीको विश्व कीर्तिमान

31048 views

0 Bookmark

एजेन्सी – भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहले अफगानिस्तानविरुद्ध सानदार ब्याटिङ गर्दै नेपाली खेलाडीको विश्व कीर्तिमान तोडेका छन् । अफगानिस्तानविरुद्ध रिंकु र रोहितले पाँचौं विकेटका लागि ९५ बलमा १ सय ९० रनको शतकीय साझेदारी गरे ।

यो टि२० आईमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो । उनीहरुले नेपालका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको विश्व कीर्तिमानी तोडेका हुन् ।

गत अक्टोबरमा मुलपानी क्रिकेट मैदानमा हङकङविरुद्ध पाँचौं विकेटका लागि दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले गरेको १ सय ४५ रनको साझेदारी गरेका थिए । रिंकु र रोहितले उक्त साझेदारी तोडेका हुन् ।

चिन्नास्वामी स्टेडियम बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन बनायो । भारतका कप्तान रोहित शर्मा ६९ बलमा ११ चौका र ८ छक्कासहित १ सय २१ रनमा नट आउट रहे । रिंकु सिंह ३९ बलमा २ चौका र ६ छक्कासहित ६९ रनमा नट आउट रहे ।

एक समय ४.३ ओभरमा २२–४ को दयनीय अवस्थामा पुगेको भारतलाई फर्काउन रोहित र रिंकुले ९५ बलमा १ सय ९० रनको विष्फोटक अविजित साझेदारी गरेका थिए ।

भारतले अन्तिम १२ बलमा ५८ रन जोेडेको थियो । अन्तिम ओभरमा भारतले करिम जन्नतलाई पाँच छक्कासहित कुल ३६ रन जोडेको थियो । जसमा एक नो बल र चौका पनि थियो । १९ औं ओभरमा भारतले २२ रन जोडेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.