default_image

6 months ago

January 17, 2024

भारतले दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हरायो

5488 views

0 Bookmark

एजेन्सी – भारतले निकै रोमान्चक तेस्रो तथा अन्तिम टि२० आई खेलको दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा क्लिनस्विप पनि गरेको छ ।

खेल जित्न अफगानिस्तानले दोस्रो सुपर ओभरमा मात्रै १२ रन पाएको थियो । स्पिनर रवि विश्रोईको पहिलो बलमा मोहम्मद नाबी लङअफमा रिंकु सिंहबाट क्याच आउट भए । दोस्रो बलमा करिम जन्नतले एक रन जोडे । तेस्रो बलमा गुरबाज रिंकुबाट क्याच आउट भएपछि भारत विजयी भएको थियो ।

दोस्रो सुपर ओभरको पहिलो बलमा फरिद अहमदलाई रोहित शर्माले सुरुवाती दुई बलमा छक्का र चौका हानेका थिए । तेस्रो बलमा एक रन दिए । चौथो बल रिंकु सिंहलाई डट राखे ।

तर गुरबाज एज लागेर भन्दै रिभ्यु लिन भनेका थिए । रिभ्युमा रिंकु आउट भए । पाँचौं बलमा रोहित शर्मा एक रन लिनेक्रममा रन आउट भएपछि अफगानिस्तानले खेल जित्न १२ रन बनाउनु पर्ने थियो ।

भारतले सुपर ओभरमा जितको लागि १७ रन बनाउनु पर्ने थियो । तर १६ रन बनाएपछि पुन अर्को सुपर ओभर भयो । ब्याटिङ गर्न भारतका ओपनर रोहित शर्मा र यशस्वी जैसवाल आएका थिए । आजमतुल्लाह ओमरजाईले लेग साइडमा रोहितलाई बल गर्दै एक रन दिए । गुरबाज जैसवाललाई रन आउट गर्न चुकेका थिए ।

दोस्रो बलमा जैसवालले एक रन जोडे । तेस्रो बलमा रोहित शर्माले छक्का हानेपछि बाँकी तीन बलमा ९ रन जित्न चाहिँएको थियो । चौथो बलमा रोहितले छक्का हाने । बाँकी दुई बलमा तीन रन चाहिँएको थियो ।

पाँचौं बलमा एक रन दिए । अन्तिम बलमा दुई रन चाहिँएको थियो । अन्तिम बलमा रोहित शर्माले मैदान छाड्दै रिंकुलाई मौका दिएका थिए । त्यो निर्णयमा अफगानी खेलाडी भने खुसी थिएनन् । अन्तिम बलमा एक रन दिएपछि पुन अर्को सुपर ओभर भएको थियो ।

सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएको थियो । सुपर ओभरमा अफगानिस्तानका गुलबदीन नैब र रहमानउल्लाह गुरबाज ब्याटिङमा आएका थिए । मुकेश कुमारले पहिलो बल गुलबदीनलाई एक रन दिए । दुई रन लिनेक्रममा गुलबदीन रन आउट भएका थिए । दोस्रो योर्कर बलमा नाबीलाई एक रन दिए ।

तेस्रो बल एज लागेर गुरबाजको थर्डमा चौका गयो । चौथो बलमा एक रन बटुलेपछि सुपर ओभरको सुरुवाती चार बलमा ७ रन जोडेको थियो ।

नाबीले पाँचौं बलमा लङअनमा छक्का हाने । अन्तिम बलमा नाबीले भारतको कमजोर फिल्डिङको फाइदा उठाउँदै तीन रन जोडेपछि सुपर ओभरमा अफगानिस्तानले १६ रन जोडेको थियो । नाबी अन्तिम बल छुन मिस भएका थिए । सन्जु स्यामसनले मुकेशलाई दिएको बल मिस गरेपछि तीन रनमा परिणत गरेका थिए ।

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

अफगानिस्तानका गुलबदीन नैबले २३ बलमा ४ चौका र ४ छक्कासहित ५५ रनको विष्फोटक अविजित इनिङ खेल्दै सुपर ओभरमा पुर्याए । अफगानिस्तानलाई अन्तिम ओभरमा जितको लागि १९ रन चाहिँदा गुलबदीन नैबले मुकेश कुमारलाई १८ रन प्रहार गर्दै खेल सुपर ओभरमा लगेका थिए ।

अफगानिस्तानलाई अन्तिम ६ बलमा जितको लागि १९ रन चाहिँएको थियो । त्यसमा पहिलो बल वाइड र चौका दिए । दोस्रो बल मुकेश कुमारले गुलबदीन नैबलाई डट राखे । योर्करमा डट राखेका थिए । त्यसपछि पुन वाइड फाले । तेस्रो बलमा दुई र चौथो बलमा नैबले छक्का हानेपछि दुई बलमा पाँच रन चाहिँएको थियो । पाँचौं बलमा दुई रन बटुले । अन्तिम बलमा दुई रन बटुल्दै खेल सुपर ओभरमा पुर्याएका थिए ।

ओपनर रहमान उल्लाहगुरबाजले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए । कप्तान इब्राहिम जद्रान ४१ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा आउछ भए ।

पहिलो विकेटका लागि गुरबाज र इब्राहिमले ११ ओभरमा ९३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मोहम्मद नाबीले १६ बलमा २ चौका र ३ छक्कासहित ३२ रनको आक्रामक इनिङ खेले । आजमतुल्लाह ओमरजाई डक र करिम जन्नत २ रनमा आउट भए । भारतका वासिन्टन सुन्दरले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । आवेश खान र कुलदीप यादवले १–१ विकेट लिए ।

त्यसअघि बेंगलोरको चिन्नास्वामी स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ६९ बलमा ११ चौका र ८ छक्कासहित १ सय २१ रनको अविजित कप्तानी इनिङ खेले । फिनिसर रिंकु सिंह ३९ बलमा २ चौका र ६ छक्कासहित ६९ रनमा नट आउट रहे ।

योसँगै रोहित टि२० आई खेलमा सर्वाधिक पाँच शतक हान्ने पहिलो खेलाडी बनेका छन् । उनले सूर्यकुमार यादव र ग्लेन म्याक्सवेललाई ४-४ शतकमा पछि छाडेका छन् । रोहित सुरुवाती दुई खेलमा शून्यमा आउट भएका थिए ।

एक समय ४-३ ओभरमा २२–४ को दयनीय अवस्थामा पुगेको भारतलाई फर्काउन रोहित र रिंकुले ९५ बलमा १ सय ९० रनको विष्फोटक अविजित साझेदारी गरे । भारतले अन्तिम १२ बलमा ५८ रन जोेडेको थियो । अन्तिम ओभरमा करिम जन्नतलाई पाँच छक्कासहित कुल ३६ रन जोडेको थियो । जसमा एक नो बल र चौका पनि थियो । १९ औं ओभरमा भारतले २२ रन जोडेको थियो ।

भारतको सुरुवात सम्झन लायक रहेन । तीव्र गतिका बलर फरिद अहमदले तीन विकेट लिँदै उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर फरिद अहमदको तेस्रो ओभरको तेस्रो बलमा यशस्वी जैसवाल ४ रनमा मोहम्मद नाबीबाट क्याच आउट भए । लागत्तै अर्को बलमा विराट कोहली गोल्डेन डक हुँदै फर्किएका थिए ।

चौथो ओभरको अन्तिम बलमा शिमब दुबे एक रनमा क्याच आउट भए । त्यस्तै यस सिरिजमा पहिलो पटक मौका पाएका सञ्जु स्यामसन पनि गोल्डेन डक भएका छन् । फरिद अहमदको पाँचौं ओभरको तेस्रो बलमा सञ्जु मोहम्मद नाबीबाट क्याच आउट भएापछि २२–४ को अवस्थामा पुगेको थियो ।

अफगानिस्तानका फरिद अहमदले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । आजमतुल्लाह ओमरजाईले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । भारत पहिलो र दोस्रो खेलमा ६-६ विकेटले विजयी भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.