2 years ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलमको घातक बलिङमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई नाटकीय रुपमा ८८ रनमा अल आउट गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा ८८ रनमा अल आउट भयो ।
कोेशीका कप्तान अंकित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । कोशीका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच खेलाडीले खाता खोल्न सकेनन् ।
ओपनर फिर्दोस अन्सारी तेस्रो बलमै सोमपाल कामीको बलमा क्याच आउट भए । समिर कार्कीलाई विवेक यादवले ६ रनमा बोल्ड गरेपछि २४–२ को अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि अंकित र सुजन थपलियाले ४६ रनरको साझेदारी गरेपछि कोशी एक समय १२.१ ओभरमा ७०–२ को अवस्थामा थियो ।
बाँकी १८ रन जोड्न ८ विकेट गुमाएपछि कोशी ८८ रनमा अल आउट भयो । आर्मीका साहब आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए । कुशल मल्लले ५ ओभरमा ३ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिए ।
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि एक्सट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन सम्झौता गरेको छ । गोर्खाजले एक्सट्रिम इनर्जिसँग ड्रिङ्क पार्टनरको रुपमा सम्झौता गरेको हो । एनपिएलमा काठमान्डु गोर्खाजले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो लगाएर खेल्ने छ । काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्क बीच यसका लागि सम्झौता […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा खेल्ने भएका छन् । एनपिएलको दोस्रो संस्कारणका लागि ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले लेग स्पिनर ताहिरलाई अनुबन्धन गरेको जनाएको छ । ताहिरसँग सबैखाले खेलमा गरि झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएका छ । पाकिस्तानमा जन्मिएका […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि ट्वान्टी विश्वकप कप क्रिकेटमा अम्पायरको भूमिका निर्वाह गर्ने भएका छन् । कात्तिक २५ (नोभेम्बर ११) मा भारतको नयाँ दिल्लीमा सुरु हुने विश्व कप मंसिर ७ (नोभेम्बर २३) मा श्रीलंकामा फाइनल हुनेछ। गुप्ता आज भारत गएका छन् । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, […]