2 years ago
January 18, 2024
एजेन्सी – किरण ठगुन्ना र नारायण जोशीको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई २ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर निर्धारित ५० ओभरमा २ सय १ रनमा अल आउट भयो । सुदूरका किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित सर्वाधिक ६० रन बनाए । नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाए ।
एक समय ७२–६ को दयनीय अवस्थामा पुगेको सुदूरलाई खेलमा फर्काउन आठौं विकेटका लागि नारायण र किरणले ७५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आठौं विकेटका लागि करणले नरेन साउदसँग ४६ रनको साझेदारी गरेका थिए ।
नरेन १३, टेक रावत १५, राजु रिजाल १६ र शेर मल्लले १९ रन बनाए । गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३–३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २–२ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]