default_image

6 months ago

January 18, 2024

अभिनाशको शल्यक्रिया गर्नुपर्ने

4269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर अभिनाश बोहराको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफबाट बिहीबार टियु क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने क्रममा उनको बायाँ हातको हत्केलामा चोट लागेको थियो ।

तीव्र गतिका रुपेश सिंहको ४९ औं ओभरको दोस्रो बलमा उनको हत्केलामा चोट लागेको थियो । उनको शल्यक्रिया गर्नुपर्ने एपीएफका क्रिकेट म्यानेजर राजेश श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी दिए ।

‘अहिले बयधा अस्पताल बल्खुमा छौं । अभिनाशको शल्यक्रिया गर्नुपर्ने भएको छ । उनले यो प्रतियोगिता गुमाउने छन्’, राजेश श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी दिए ।

अभिनाश हातमा चोट लागेपछि बाहिर आएका थिए । केहि उपचारपछि पुन ब्याटिङ गर्न गएका थिए । रुपेश सिंहले रमेश कुर्मी र मौसम ढकाललाई आउट गरेपछि त्यसै ओभरको अन्तिम बलमा उनी ब्याटिङ गर्न पुन गएका थिए । अन्तिम ओभरमा ब्याटिङपछि उनलाई अस्पताल लगिएको थियो । त्यसैको कारण उनले बलिङ गरेनन् । उनी नहुँदा एपीएफ मधेशसँग ५ विकेटले पराजित हुन पुग्यो ।

जितको लागि २ सय ४७ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मधेशको जितमा रुपेश सिंह ७२ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा नट आउट रहे । पवन सरार्फले ६६ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । एपीएफका ओपनर आसिफ शेखले ६९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५९ बनाएका थिए । कप्तान रोहित पौडेल ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.