2 years ago
January 18, 2024
एजेन्सी – कप्तान वानिन्दु हसरंगाको उत्कृष्ट बलिङमा श्रीलंकाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा जिम्बावेलाई ९ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिज श्रीलंकाले २–१ ले जितेको छ ।

जितको लागि ८३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १०.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा पाथुम निसंका २३ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा नट आउट रहे । कुशल मेन्डिस २७ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । धनन्जय डि सिल्भा १५ रनमा नट आउट रहे ।
त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे १४.१ ओभरमा ८२ रनमा अल आउट भएको थियो । जिम्बावेका ब्रायन बेनेटले १२ बलमा ७ चौकासहित सर्वाधिक २९ रन बनाए ।
अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन सकेनन् । श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । एन्जिलो म्याथ्युज र महेश थिक्सेनाले २–२ विकेट लिए । पहिलो टि२० आई खेलमा श्रीलंका ३ विकेटले विजयी हुँदा दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]