2 years ago
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएका बागमतीका लागि आशुतोषले आक्रामक ब्याटिङ गर्दै करिअरको पहिलो शतक पूरा गरेका हुन् । उनले ९९ बलमा १३ चौका र २ छक्कासहित शतक पूरा गरे । कमल खत्रीको बलमा एज लाग्दै थर्ड म्यान तर्फ चौका गएपछि उनको शतक पूरा भएको थियो ।
कोशीविरुद्ध ४७ बलमा अर्धशतक पूरा गरेका उनलाई सुजन थपलियाले ४१ रनमा ड्रप गरेका थिए । टियु मैदानमै कोशीका लागि शतक बनाएका सुजनले स्लिपमा क्याच छोडेर जीवनदान दिएपछि आशुतोषले लगातार आक्रमण गरे ।
आशुतोषले टोलीको स्कोर २८ रन रहँदा ओपनर इशान पाण्डेको साथ गुमाएका थिए । इशान ६ रन जोड्दै क्याच आउट भएका थिए । त्यसपछि रित र आशुतोषले बलियो साझेदारी गर्दै इनिङ सुदृढ बनाए ।

यी दुईले दोस्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरे । रित ६० बलमा ३ चौकासहित ४९ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।
३० ओभरमा बागमतीले २ विकेट गुमाएर १ सय ७३ रन जोडेको छ ।
आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा एपिएफविरुद्ध शतक प्रहार गरेका थिए । जारी प्रतियोगितामा यो पाँचौ शतक पनि हो । टियु मैदानमा सुरुवाती ४ दिन लगातार शतक बनेको थियो ।
तेस्रो पटक प्रधानमन्त्री कप खेलिरहेका आशुतोषले यसअघि पनि टियु मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गरेका थिए । आशुतोषले यसअघि नेपाल पुलिस क्लबविरुद्ध पहिलो खेलमा ९२ रन जोडेका थिए । त्यसपछि नेपाल एपिएफ क्लबविरुद्ध पनि उनले ४१ रनको योगदान दिए ।
मुलपानीमा भएको मधेश र आर्मीविरुद्ध खेलमा भने उनले दोहोरो अंक छुन सकेका थिएनन् । ललितपुर जिल्लाबाट प्रदेश छनोट खेलेका उनले बागमती प्रदेशको छनोटमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]