2 years ago
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आशुतोष घिरैयाको शतकमा बागमती प्रदेशले पीएम कप २०२४ अन्तर्गत कोशी प्रदेशविरुद्ध बलियो योगफल खडा गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएका बागमतीका लागि आशुतोषले आक्रामक ब्याटिङ गर्दै करिअरको पहिलो शतक पूरा गरे । बागमतीले ४८.३ ओभरमा अलआउट हुनुअघि २ सय ७३ रन जोड्यो ।
आशुतोषले १ सय ११ बलमा १ सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे । आशुतोषले ९९ बलमा शतक पूरा गरे । कमल खत्रीको बलमा एज लाग्दै थर्ड म्यान तर्फ चौका गएपछि उनको शतक पूरा भएको थियो ।
आशुतोषले टोलीको स्कोर २८ रन रहँदा ओपनर इशान पाण्डेको साथ गुमाएका थिए । इशान ६ रन जोड्दै क्याच आउट भएका थिए । त्यसपछि रित र आशुतोषले बलियो साझेदारी गर्दै इनिङ सुदृढ बनाए ।

यी दुईले दोस्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरे । रित ६० बलमा ३ चौकासहित ४९ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।
३३ औं ओभरमा हेमन्त राईको बलमा आशुतोष कमल खत्रीको हातबाट क्याच आउट भएका थिए । लामो सट खेल्ने धुनमा उनलाई लङ अनमा रहेका कमलले कुद्दै मिड अफसम्म आएर उत्कृष्ट क्याच लिएका थिए ।
कोशीविरुद्ध ४७ बलमा अर्धशतक पूरा गरेका आशुतोषलाई सुजन थपलियाले ४१ रनमा ड्रप गरेका थिए । टियु मैदानमै कोशीका लागि शतक बनाएका सुजनले स्लिपमा क्याच छोडेर जीवनदान दिएपछि आशुतोषले लगातार आक्रमण गरे ।
आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा एपिएफविरुद्ध शतक प्रहार गरेका थिए । जारी प्रतियोगितामा यो पाँचौ शतक पनि हो । टियु मैदानमा सुरुवाती ४ दिन लगातार शतक बनेको थियो ।
बागमतीका लागि विकेटकिपर रविन जोशीले ४३ रनको योगदान दिए । उनले ३ चौका र १ छक्का प्रहार गरे । एक समय ३ सय रनको आँकडा छुने सम्भावना देखिएको बागमती अन्त्यतिर भने लगातार विकेट पतनको शिकार बन्यो । बागमतीले अन्तिम ६ विकेट २२ रनको अन्तरमा गुमाएको थियो ।
कोशीका लागि अभ्यास तिम्सिनाले ३, कमल खत्री र हेमन्त राईले २-२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।
तेस्रो पटक प्रधानमन्त्री कप खेलिरहेका आशुतोषले यसअघि पनि टियु मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गरेका थिए । आशुतोषले यसअघि नेपाल पुलिस क्लबविरुद्ध पहिलो खेलमा ९२ रन जोडेका थिए । त्यसपछि नेपाल एपिएफ क्लबविरुद्ध पनि उनले ४१ रनको योगदान दिए ।
मुलपानीमा भएको मधेश र आर्मीविरुद्ध खेलमा भने उनले दोहोरो अंक छुन सकेका थिएनन् । ललितपुर जिल्लाबाट प्रदेश छनोट खेलेका उनले बागमती प्रदेशको छनोटमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]