default_image

2 years ago

January 19, 2024

यू १९ विश्व कपमा दक्षिण अफ्रिका र आयरल्यान्डको जित

6998 views

0 Bookmark

एजेन्सी – आइसिसी यू १९ विश्व कप क्रिकेटको पहिलो दिन शुक्रबार आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी भएका छन् ।

समूह ‘बी’मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रन र समूह एमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हराएको हो ।पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । टोलीका लागि डेवन मारिसले अर्धशतक बनाए । उनले ६५ रन बनाए भने जुवान जेम्सले ४७, डेभिड टिगरले ४४ र लुवान ड्रि प्रेटोरियसले ४० रन बनाएका थिए ।

वेस्ट इन्डिजका नाथन सेलीले ३ तथा नाथन इडवार्ड र डेशावन जेम्सले समान २ विकेट लिए । वेस्ट इन्डिजले ४०.१ ओभरमा सबै विकेट गुमााएर २ सय ५४ रन मात्र बनाउन सक्यो । जेवेल एन्ड्रियुलले शतकीय इनिङ खेलेपनि टोलीले सफलता पाउन सकेन । नाथन सेलीले ३३, जोर्डन जोसनले २१ रन बनाए भने अन्य ब्याटर खासै चल्न सकेनन् ।

दक्षिण अफ्रिकाका क्वेना माफाकाले ९.१ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । रिले नोर्टनले ३ र डेभिड टिगरले १ विकेट लिएका थिए ।

अर्को समूहमा अमेरिकाविरुद्ध १ सय ६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । आयरल्यान्डका लागि रायन हुन्टरले अर्धशतक बनाए । उनले ६३ बलमा ५ चौका साथ ५० रन बनाए । केन हिल्टन र फिलिपुस ले रक्सले समान २३ रन जोडे । अमेरिकाका अर्या ग्रागले २ र कुश भलालाले १ विकेट लिए ।

अमेरिकाविरुद्ध आयरल्यान्डले कसिलो बलिङ गरेको थियो । रुवेन विल्सन र ओभिलर रिलले समान ३ विकेट, जोन म्याकनेलीले २ तथा कार्सोन म्याककुलोग र स्कट म्याबेथले समान १ विकेट लिए । अमेरिकाका लागि कुशले नटआउट २२ रन, पार्थ पटेलले १३ र अमोग अरिपालेले ११ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.