default_image

5 months ago

January 20, 2024

कर्णालीलाई मधेशको प्रतिस्पर्धात्मक लक्ष्य

1073 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्दा मधेश प्रदेशले पिएम कप २०८० अन्तर्गत कर्णाली प्रदेशलाई २ सय ३२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

कप्तान हरिशंकर शाह र मयन यादवको अर्धशतकको मदत्मा मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोड्यो । मधेशका लागि कप्तान हरिशंकर र मयनले समान ५०-५० रन जोड्दा अनिल शाहले ४४ रन जोडे । टस जितेर ब्याटिङ रोजेपछि उत्कृष्ट सुरुवात पाएको मधेशको मध्यक्रम भने सोचेजस्तो चल्न सकेन ।

तीव्र गतिका बलरले राम्रो सुरुवात दिलाउन नसक्दा कप्तान रविन्द्रजंग शाहीले स्पिनरमा धेरै भर परेका थिए । बायाँ हाते स्पिनर दीपेन्द्र रावतले ४ विकेट लिँदै मधेशको ब्याटिङ धराशायी पारेका थिए ।

पहिलो विकेटका लागि अनिल र हरिशंकरले १३.५ ओभरमा ८५ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए । यी दुईले सुरुवाती ४ ओभरमा ४० रन जोडेपछि कप्तान रविन्द्रले लगातार स्पिनरलाई बलिङमा ल्याएका थिए ।

दीपेन्द्रले अनिललाई १४ औं ओभरको अन्तिम बलमा क्याच आउट गराए । उनले ४४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यसपछि रन गति केहि सुस्त बनेको मधेशका कप्तान हरिशंकर २४ औं ओभरमा १ सय १८ स्कोर रहँदा आउट भए । ६१ बलमा ६ चौका प्रहार गरेका उनी पनि क्याच आउट भए ।

त्यसपछि लगात्तर विकेट पतन हुँदा मधेश सम्हालिन सकेन । अघिल्लो खेलमा अर्धशतक बनाएका पवन सर्राफ र निरज यादव दीपेन्द्रकै लगातार ओभरमा शिकार बने । पवनले ११ रन जोड्दा निरजले खाता खोल्न सकेनन् । राहुल मन्डल १० रन र रुपेश सिंह १० रन जोड्दै आउट भए ।

मयनले ८८ बलमा ५ चौकासहित ५० रन जोडे । तर उनी ४५ औं ओभरमा आउट भए । त्यसपछ ३७ बलमा ३४ रन जोडेका अभिषेक तिवारी पनि रनआउट हुन पुगे । राजेश यादव र प्रदिप पासवानले ११-११ रन जोड्दै प्रतिस्पर्धाताम्क योगफलसम्म पुर्याए ।

दीपेन्द्रले ४ विकेट लिँदा अनुज चनाराले २ तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले १-१ विकेट लिए । मधेश र कर्णालीको समान ४-४ अंक छ ।

June 15, 2024

नेपाल पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै

किङ्स टाउन/सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे) आर्नस भेल स्टेडियममा सुरु हुनेछ । दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ […]

June 14, 2024

अमेरिका विश्वकपको सुपर एटमा, पाकिस्तान बाहिरियो

एजेन्सी – अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो । उता दुवै टोलीले अंक […]

June 14, 2024

इङ्ल्यान्डसँग ओमान चौथो ओभरमै पराजित

एजेन्सी – ओमानले दिएको लक्ष्य चौथो ओभरमै पूरा गर्दै इङ्ल्यान्डले आइसिसी टि-२० विश्वकपमा सुपर एटमा पुग्ने सम्भावना कायमै राखेको छ । इङ्ल्यान्डले शुक्रबार बिहान ओमान माथि ८ विकेटको जित दर्ता गरेको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इङ्ल्यान्डले ३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । इङ्ल्यान्डका लागि कप्तान जस बटलरले ८ बलमा […]

Success

Thank you for your time.