2 years ago
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीले आज आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा न्युजिल्याण्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
नेपाल रहेको समूह डी मा शनिबार पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनको भारी अन्तरले पराजित गरिसकेको छ । दुवै न्युजिल्याण्ड र नेपालले यस संस्करणमा आफ्नो पहिलो खेल खेल्दैछन् । यू-१९ विश्वकप इतिहास हेर्ने हो भने नेपालले यसअघि यी दुई टोलीबीच भएको दुवै खेल जितेको छ ।
सन् २००६ मा कनिष्क चौगाईंको कप्तानीमा रहेको नेपालले वसन्त रेग्मीको अलराउन्ड प्रदर्शनमा न्युजिल्याण्डलाई एक विकेटले स्तब्ध पारेको थियो । त्यस्तै २०१६ मा राजु रिजालको कप्तानी इनिङमा नेपाल विजयी भएको थियो । त्यसबेला टोलीमा रहेका रचिन रविन्द्र, फिन एलेन र ग्लेन फिलिप्स अहिले सिनियर टोलीमा छन् ।
यसपटक नेपाली टोलीमा सिनियर टोलीका अनुभव बोकेका खेलाडी पनि छन् । लगातार यू-१९ उमेर समूहमा प्रतिस्पर्धा गरिरहेको टोलीमा अनुभवी प्रशिक्षक जगत टमाटाको उपस्थिति छ । सिनियर टोलीविरुद्ध लगातार खेलेका तीव्र गतिका बलर रहेकाले पनि नेपालले आशा राख्ने ठाउँ छ । त्यसका लागि ब्याटरले जिम्मेवारी लिनुपर्ने हुन्छ ।
समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।
नेपालले विश्वकपको तयारीस्वरूप वेस्टइन्डिज सँग खेलेको वार्म अप खेल वर्षाका कारण पूरा हुन सकेको थिएन ।
नेपाली यु-१९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द
आइसीसी यू१९ विश्वकप : माघ ५ देखि २८ गते सम्म (१९ जनवरी देखि ११ फेब्रुअरी सम्म)
समूह ए : भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका
समूह बी : इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड
समूह सी : अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया
समूह डी : नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान
विश्वकपका खेलहरु
माघ ७ (२१ जनवरी) : न्युजिल्यान्ड, बुफलो पार्क, इस्ट लन्डन
माघ १० (२४ जनवरी) : पाकिस्तान, बुफलो पार्क, इस्ट लन्डन
माघ १२ (२६ जनवरी) : अफगानिस्तान, बुफलो पार्क, इस्ट लन्डन
आठौं पटक खेल्दै नेपाल

नेपाल यू१९ विश्वकप आठौं पटक खेल्दैछ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू१९ विश्वकप खेलेको थियो ।
प्लेट च्याम्पियन उत्कृष्ट नतिजा
हालसम्म यू१९ विश्वकपमा नेपालको उत्कृष्ट नतिजा प्लेट च्याम्पियन हो । २००६ को प्लेट च्याम्पियन फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]