2 years ago
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध जवाफी ब्याटिङ थालेको नेपालले औसत सुरुवात गरेको छ ।
न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० ओभरमा २ विकेट गुमाएर ४१ रन जोडेको छ । नेपालका लागि अर्जुन कुमाल ३३ बलमा २० रन बनाएर खेलिरहेका छन् । कप्तान देव खनालले १० बलमा १३ रन जोडेका छन् ।
नेपालले ओपनर दीपक बोहोरालाई तेस्रो बलमै गुमाएको थियो । उनी खाता नखोली मेसन क्लार्कको बलमा क्याच आउट भएका थिए । आकाश त्रिपाठी छैटौं ओभरमा म्याट रोको बलमा क्याच आउट भए । उनले १४ बलमा २ रन जोडे ।
न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोडेको थियो । स्नेहिथ रेड्डीले १ सय ४७ रनको इनिङ खेलेपछि नेपाल दबाबमा परेको हो ।


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।


November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]