2 years ago
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध जारी आइसीसी यू-१९ विश्वकपको पहिलो खेलमा अर्धशतक प्रहार गरेका छन् ।
अर्जुनले ७३ बलमा ६ चौकाको मदतले आफ्नो अर्धशतक पूरा गरेका हुन् । अर्को एण्डमा लगातार विकेट गएपनि अर्जुनले आफ्नो इनिङलाई लगातार अघि बढाइरहेका छन् ।
न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २९ ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन जोडेर खेलिरहेको छ । अर्जुनले ८० बलमा ७ चौकासहित ५९ रन जोडेका छन् । दीपेश कँडेल क्रिजमा खाता खोल्न बाँकी छ ।
नेपालले ओपनर दीपक बोहोरालाई तेस्रो बलमै गुमाएको थियो । उनी खाता नखोली मेसन क्लार्कको बलमा क्याच आउट भएका थिए । आकाश त्रिपाठी छैटौं ओभरमा म्याट रोको बलमा क्याच आउट भए । उनले १४ बलमा २ रन जोडे ।

१६ औं ओभरको अन्तिम बलमा कप्तान देव खनाल आउट भए । अर्जुन र देवबीच ५९ रनको साझेदारी बनेको अवस्थामा देव ३६ रन जोड्दै क्याच आउट भएका थिए । उनले ३४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।
लगत्तै अर्को ओभरमा उत्तम मगर खाता नखोली कट बिहाइन्ड भए । गुलशन झा २ रन जोड्दै लामो सट प्रहार गर्ने धुनमा क्याच आउट भए । दिपक बोहोरा पनि १५ रन जोड्दै विकेटकिपरकै हातबाट समातिए ।
न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोडेको थियो । स्नेहिथ रेड्डीले १ सय ४७ रनको इनिङ खेलेपछि नेपाल दबाबमा परेको हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]