default_image

2 years ago

January 21, 2024

न्युजिल्यान्डविरुद्ध अर्जुनको अर्धशतक

1426 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध जारी आइसीसी यू-१९ विश्वकपको पहिलो खेलमा अर्धशतक प्रहार गरेका छन् ।

अर्जुनले ७३ बलमा ६ चौकाको मदतले आफ्नो अर्धशतक पूरा गरेका हुन् । अर्को एण्डमा लगातार विकेट गएपनि अर्जुनले आफ्नो इनिङलाई लगातार अघि बढाइरहेका छन् ।

न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २९ ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन जोडेर खेलिरहेको छ । अर्जुनले ८० बलमा ७ चौकासहित ५९ रन जोडेका छन् । दीपेश कँडेल क्रिजमा खाता खोल्न बाँकी छ ।

नेपालले ओपनर दीपक बोहोरालाई तेस्रो बलमै गुमाएको थियो । उनी खाता नखोली मेसन क्लार्कको बलमा क्याच आउट भएका थिए । आकाश त्रिपाठी छैटौं ओभरमा म्याट रोको बलमा क्याच आउट भए । उनले १४ बलमा २ रन जोडे ।

१६ औं ओभरको अन्तिम बलमा कप्तान देव खनाल आउट भए । अर्जुन र देवबीच ५९ रनको साझेदारी बनेको अवस्थामा देव ३६ रन जोड्दै क्याच आउट भएका थिए । उनले ३४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को ओभरमा उत्तम मगर खाता नखोली कट बिहाइन्ड भए । गुलशन झा २ रन जोड्दै लामो सट प्रहार गर्ने धुनमा क्याच आउट भए । दिपक बोहोरा पनि १५ रन जोड्दै विकेटकिपरकै हातबाट समातिए ।

न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोडेको थियो । स्नेहिथ रेड्डीले १ सय ४७ रनको इनिङ खेलेपछि नेपाल दबाबमा परेको हो ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.