default_image

6 months ago

January 21, 2024

विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग नेपालको हार

4772 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ ।

दक्षिण अफ्रीकाको इस्ट लन्डनस्थित मैदानमा नेपालले ६४ रनको हार बेहोरेको हो । न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३८ रन जोड्यो ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए । कप्तान देव खनालले ३६ रन जोड्दा तल्लोक्रमका सुभाष भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे ।

नेपालको इनिङलाई अघि बढाउन एक्लो योद्धाको रुपमा खेलेका अर्जुन नर्भस नाइन्टिजको शिकार भए । उनी एवाल्ड श्र्वेडरको बलमा टप एज लाग्दै थर्ड म्यानमा क्याच आउट भए । अर्जुनले १ सय ४ बलको सामना गर्दै १२ चौका प्रहार गरे ।

इनिङको क्रममा तीन पटक जीवनदान पाएका उनले आफ्नो शैलीअनुसार ब्याटिङ गर्दै इनिङ बढाएका थिए । ७३ बलमा ६ चौकासहित अर्धशतक पूरा गरेका उनले त्यसपछि भने खेलको आवश्यकता अनुसार आफ्नो रन गति बढाएका थिए । तर आक्रामक सट खेल्ने धुनमा उनी ३८ औं ओभरमा आउट भए ।

नेपालले ओपनर दीपक बोहोरालाई तेस्रो बलमै गुमाएको थियो । उनी खाता नखोली मेसन क्लार्कको बलमा क्याच आउट भएका थिए । आकाश त्रिपाठी छैटौं ओभरमा म्याट रोको बलमा क्याच आउट भए । उनले १४ बलमा २ रन जोडे ।

१६ औं ओभरको अन्तिम बलमा कप्तान देव खनाल आउट भए । अर्जुन र देवबीच ५९ रनको साझेदारी बनेको अवस्थामा देव ३६ रन जोड्दै क्याच आउट भएका थिए । उनले ३४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को ओभरमा उत्तम मगर खाता नखोली कट बिहाइन्ड भए । गुलशन झा २ रन जोड्दै लामो सट प्रहार गर्ने धुनमा क्याच आउट भए । दिपक बोहोरा पनि २९ औं ओभरमा १५ रन जोड्दै विकेटकिपरकै हातबाट समातिए । दिपेश कँडेलले खाता खोल्न सकेनन् ।

तल्लोक्रममा सुभाषले ५२ बलमा ४ चौकासहित नटआउट ३३ रन जोडे । आकाश चन्दले २६ बलमा १४ रनको योगदान दिए । तिलकले १९ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए । अन्तिम विकेटका लागि सुभाष र तिलकले नटआउट ३७ रन जोडेका थिए ।

न्युजिल्यान्डका मेसन क्लार्कले ३ विकेट लिए । एवाल्ड श्र्वेडर र ओस्कार ज्याकसनले २-२ विकेट लिँदा म्याट रो र ज्याक कमिंगले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोड्यो । रेड्डीले १ सय ४१ रनको विशाल इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो योगफल खडा गरेको थियो ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले नटआउट १ सय ४७ रन जोडे । १ सय २५ बलको सामना गर्दै उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए । १ सय ६ बलमा शतक पूरा गरेका उनले त्यसपछि भने आक्रामक ब्याटिङ गरे । अन्तिम १९ बलमा उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्युजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाउँदा खेलमा नेपाल फर्केको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले १ सय ५७ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो ।

पहिलो पावरप्लेमा ५३-० को बलियो सुरुवात गरेको न्युजिल्यान्डलाई स्पिनरत्रय सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका थिए । सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती सफलता दिलाएका थिए । वाटसनले २५ बलमा २ चौकासहित १४ रन जोडे ।

१४ औं ओभरमा अर्का ओपनर टम जोन्स तिलकबाट बोल्ड भए । जोन्सले ४५ बलम ५ चौकासहित ३३ रनको योगदान दिए । लगत्तै अर्को ओभरमा दीपेशले ओलिभर टेवाटियालाई कट बिहाइन्ड गराए । तेस्रो बल खेलेका टेवाटियाले खाता खोल्न सकेनन् ।

त्यसपछि रेड्डी र ज्याक्सनले बलियो साझेदारी निर्माण गरे । ज्याक्सन ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रन जोड्दै आउट भए । उनी ४२ औं ओभरमा आकाश त्रिपाठीको शिकार बने ।

त्यसपछि ४३ औं ओभरको लगातार बलमा गुलशन झाले लाच्लन स्ट्याकपोल र ज्याक कमिंगलाई खाता नखोली पेभेलियन फर्काए । एलेक्स थम्प्सन १३ रन जोड्दै सुभाषकै बलमा बोल्ड भए । सुभाषले नै अन्तिम ओभरमा म्याट रोलाई २ रनमा आउट गरे ।

नेपालका लागि सुभाषले ३ र गुलशनले २ विकेट लिए । दीपेश, तिलक र आकाशको नाममा १-१ विकेट रह्यो ।

नेपालले अब बुधबार हुने खेलमा पाकिस्तानसँग खेल्नेछ । यो समूहमा अफगानिस्तान पनि रहेको छ । पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.