default_image

8 months ago

January 22, 2024

बागमतीविरुद्ध कर्णाली ७८ रनमा अलआउट!

341 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप २०२४ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी खेलमा कर्णाली प्रदेश मात्र ७८ रनमा अलआउट भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा अलआउट भयो । बागमतीका लागि बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले ५ विकेट लिँदै शीर्षक्रम धराशायी पारे । कर्णालीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन घर्तीले सर्वाधिक २३ रनको योगदान दिए ।

रिजन ढकालले आफ्नो पहिलो स्पेलमा कर्णालीको सुरुवाती ४ विकेट लिएपछि बागमतीले बलियो सुरुवात पाएको थियो । इनिङको दोस्रो ओभरमा दीपेन्द्र रावत १ रन जोड्दै बोल्ड भए । लगत्तै रिजनको अर्को ओभरमा कप्तान रविन्द्र शाही पनि ३ रनमा बोल्ड हुँदै पेभेलियन फर्किए ।

रिजनले छैटौं ओभरमा ६ रन जोडेका विपिन शाहीलाई एलबीडब्लु धरापमा परे भने दशौं ओभरमा आदित्य शाह १ रनमा बोल्ड भए ।

त्यसपछि बागमतीका स्पिनरले लग्गातर विकेट पतन जारी राखे । ११ औं ओभरमा दिवान पुन खाता नखोली सूर्य तामाङबाट बोल्ड भए । १६ औं ओभरमा निश्चल रावलले विपिन आचार्यकै बलमा क्याच फिर्ता दिए । हिमांशु शाही ६ रन जोड्दै क्रिजन गुरुङको बलमा क्याच आउट भए ।

२३ औं ओभरमा दिनेश अधिकारी खाता नखोल्दै क्रिजनको एल्बीडब्लु धरापमा परे । २३ रन जोडेका अर्जुन घर्ती २४ औं ओभरमा रिजनबाट एलबीडब्लु आउट भए । २५ औं ओभरमा राजेश खड्का ३ रन जोड्दै प्रतिस जिसीको बलमा बोल्ड भए ।

अंक तलिअकामा बागमतीको ५ खेलमा ६ अंक छ । कर्णालीको ४ खेलमा ४ अंक रहेको छ । आजको खेलमा जित हासिल गरे गण्डकी शीर्षस्थानमा उक्लने अवसर हुनेछ ।

September 14, 2024

अस्ट्रेलियामाथि इङ्ग्ल्यान्डको जित

एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डले शुक्रवार अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेल अस्ट्रेलियाले २८ रनले जितेको थियो । कार्टिफमा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो […]

September 14, 2024

अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी भएको छ । टोरोन्टोमा भएको अभ्यास खेलमा नेपालले स्थानिय एचपि जगुवार्सलाई ६६ रनले पराजित गरेको हो । २ सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भयो […]

September 13, 2024

क्रिकेट टोलीका कप्तान रोहित वर्ष उत्कृष्ट पुरूष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड जितेका छन्। रोहितको कप्तानीमा नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुन सफल रह्यो। उनको प्रेरणादायी नेतृत्वमा नेपालले वर्ष २०८० मा पहिलो पटक एसिया कप खेल्यो। उनको कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्यो। रोहित टि […]

Success

Thank you for your time.