default_image

6 months ago

January 22, 2024

मयनको शतकमा मधेशको विशाल योगफल

1155 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – युवा ब्याटर मयन यादवको शतकको मद्दतमा मधेश प्रदेशले जारि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश विरुद्ध विशाल योगफल खडा गरेको छ ।

मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १९ रन जोड्यो । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा मधेशका लागि मयनको शतकसँगै ओपनर अनिल कुमार शाह र पवन सर्राफले पनि अर्धशतकीय इनिङ खेले ।

मयनले १ सय २८ बलमा ८ चौका र २ छक्कसहित १ सय १५ रन जोडे । अर्धशतक पुरा गर्ने बित्तिकै दुई जीवनदान पाएका उनले त्यसपछि भने कुनै गल्ति गरेनन । उनले १२२ बलमा शतक पुरा गरेका थिए । उनी ४८ औं ओभरमा डिप मिडविकेटमा क्याच आउट भएका थिए ।

कप्तान हरिशंकर शाह मधेशका लागि पेभेलियन फर्कने पहिलो खेलाडी थिए । उनी तेस्रो ओभरको पहिलो बलमा १४ रन बनाएर नारायण जोशीको बलमा बोल्ड भए ।

ओपनर अनिल शाह र मयन यादवले तेस्रो विकेटका लागि १ सय ६ रनको साझेदारी गरे । अनिल २५ औं ओभरको पाँचौं बलमा ७० बलमा ६९ रन बनाएर आउट भएपछि साझेदारी तोडिएको थियो । गजेन्द्र बोहोराको बलमा क्याच आउट हुनुअघि उनले ६ चौका र २ छक्का प्रहार गरे ।

मयनले चौथो नम्बरमा ब्याटिङ गर्न आएका पवन सराफसँग पनि शतकीय साझेदारी गरे । ४४ औं ओभरमा पवन आउट हुनु अघि यी दुई ब्याटर मिलेर १२६ रन जोडेका थिए ।

पवनलाई आउट गर्न शेर मल्लको बलमा नरेन भट्टले लंगअनमा राम्रो क्याच समातेका थिए । पवनले ६३ बलमा ७० रन बनाउंदा चार चौका र चार छक्का प्रहार गरेका थिए ।

पाँचौ नम्बरमा व्याट्टिङ्ग गर्न आएका रुपेश सिंह ८ बलमा १ चौका र २ छक्का सहित विष्फोटक पारि खेल्दै २१ रन बनाएर शेरकै बलमा क्याच आउट भए । राहुल मण्डल र निरज यादवले १-१ रन जोडे ।

सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिँदा विकास आग्रीले २ तथा गजेन्द्र बोहोरा र नारायण जोशीले १-१ विकेट लिए ।

सुदूरपश्चिम शतप्रतिशत जितको नतिजा सहित शीर्षस्थानमा छ । सुदूरपश्चिमले यसअघिको तिनवटै खेल जितेको छ । मधेसले पनि तीन खेल जितेको छ भने आज छैटौं खेले खेल्दैछ । मधेश हाल तालिकाको चौथो स्थानमा छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.