2 years ago
January 22, 2024
एजेन्सी – दक्षिण अफ्रिकामा जारी आइसिसी यू १९ विश्व कप क्रिकेटमा बंगलादेश विजयी भएको छ । समूह एमा सोमबार बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले हराएको छ । दोस्रो खेलमा बंगलादेशको यो पहिलो जित हो । पहिलो खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो ।
२ सय ३६ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । सामूहिक प्रदर्शनको नमुना प्रस्तुत गर्ने क्रममा बंगलादेशका मोहम्मद शिहाब जेम्सले नकआउट अर्धशतक पूरा गरे । ६३ बल खेलेका उनले ३ चौका र १ छक्का साथ ५५ रन बनाएका थिए ।
अरर अमिमले नटआउट ४५, ओपनर असिकुर रहमान शिब्लीले ४४ अर्का ओपनर अदिल विन सिद्धिकले ३६, चौधुर मोहम्मद रिजवाले २१ र अरिफुल इस्लामले १३ रन बनाएका थिए । आयरल्यान्डका स्कट म्याकबेथले २, जोन म्याकनेली र म्याथु विल्डनले समान १ विकेट लिए ।
त्यसअघि बंगलादेशले टस जितेर आयरल्यान्डलाई पहिले ब्याटिङको निम्ता दिएको थियो । केन हिल्टनको ९० रनको मद्दतमा आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षेतिमा २ सय ३५ रनको योगफल तयार गरेको थियो । १ सय १३ बल खेल्ने क्रममा केनले ११ चौका र १ छक्का प्रहार गरेका थिए ।
ओपनर जोर्डन निलले ३१, म्याकबेथले २७, म्याकनेलीले २३, फिलिपुस ले रोक्सले १३ रन बनाए भने अन्य ब्याटर चल्न सकेनन् ।बंगलदेशका मरुफ मृधा र शेख पेभेज जीवोनले समान २, रोहानत डोलहा ब्रोसन, मोहम्मद राफि उज्जमन रफी र मफुजुर रहमान रब्बीले समान २ विकेट लिए । आयरल्यान्डले पहिलो खेलमा अमेरिकालाई हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]