2 years ago
January 22, 2024
एजेन्सी– अष्ट्रेलियाले जितका साथ दक्षिण अफ्रिकामा जारी आइसिसी यू १९ विश्व कप क्रिकेटको सुरुवात गरेको छ । समूह सीमा पहिलो खेल खेल्ने क्रममा सोमबार अष्ट्रेलियाले नामिबियालाई ४ विकेटले हराएको छ ।
९२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । झिनो लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाका लागि पनि ब्याटिङ सहज भने रहेन ।
कप्तान हुग विब्गेनले टोलीका लागि सर्वाधिक ३९ रनमा नआउट रहँदै मोर्चा सम्हालेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका हुगले ४३ बलमा ४ चौका प्रहार गरेका थिए । ओपनर ह्यारी डिक्सन र राफ म्यामिलनले समान १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका ज्याक ब्रासेलले ८ ओभरमा २ मेडनसहित २८ रन दिएर ३, हान्रो बाडेनहोस्र्टले २ र हेन्री भान वेकले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालाई अष्ट्रेलियाले ३३.१ ओभरमा ९१ रनमा अलआउट गरेको थियो । अष्ट्रेलियाका कालुम भिड्लेरले म्यान अफ दी म्याच प्रदर्शन गर्ने क्रममा ४ विकेट लिएका थिए । उनले ८.१ ओभरमा ३ मेडनसहित १७ रन खर्चेका थिए ।
उनलाई साथ दिने क्रममा टोम स्ट्राकेरले ८ ओभरमा २ मेडनसहित १६ रन दिएर ३ विकेट, मिह्ली र्बेडमनले ८ ओभरमा १५ रन खर्चेर २ विकेट र राफ म्याकमिलनले १ विकेट लिएका थिए ।
नामिबियाका ३ ब्याटरले मात्र दोहोरो अंकमा रन जोडे । जाचेउ भान भुरेनले सर्वाधिक २९ , अलेक्जेन्डर बुसिङ भोल्सचिन्कले २१ र हार्नो बाडेनर्होस्टले नकआउट ११ रन बनाए । समूहको पहिलो खेलमा श्रीलंकाले जिम्बावेलाई हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]