2 years ago
January 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर सुजन थपलियाले उत्कृष्ट ब्याटिङ गर्दा कोशी प्रदेश प्रधानमन्त्री कप २०२४ मा कर्णालीविरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोशीले ३४.३ ओभरमा अलआउट हुनुअघि १ सय ५१ रन जोड्यो । कोशीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुजनले ७३ रन जोडे । कोशीका अन्य ब्याटरले भने खास योगदान दिन सकेनन् । कर्णालीले २२ अतिरिक्त रन दिनु नै कोशीको अन्य ब्याटरभन्दा ठूलो योगदान रह्यो ।
सुजनले ७३ बलको सामना गर्दै ८ चौका र ४ छक्का प्रहार गरेका थिए । छैटौं ओभरमा क्रिजमा आएका उनी ३४ औं ओभरमा दिनेश अधिकारीको बलमा बोल्ड भएका थिए । उनी आउट भएपछि अन्तिम २ विकेटमा टोलीले ७ रनमात्र जोड्न सक्यो । सुजनले यसअघि प्रतियोगितामा पुलिसविरुद्ध शतक समेत प्रहार गरेका थिए ।
कप्तान अंकित सुवेदी ४ रन जोड्दै दोस्रो ओभरमा आउट भएपछि सुरु भएको विकेट पतन कुनै समय रोकिएन । सातौं विकेटका लागि अभ्यास तिम्सिनाले ३४ बलमा ९ रन जोड्दै विकेटमा बसेर सुजनलाई साथ दिए । यी दुईले सातौं विकेटका लागि ४४ रन जोडेका थिए ।
आइश भट्टराई ११ र सौजन घिमिरे १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । कर्णालीका लागि दिनेश अधिकारीले ४ विकेट लिए । प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]