default_image

2 years ago

January 23, 2024

कमलको उत्कृष्ट बलिङ्गमा गण्डकीलाई प्रतिस्पर्धात्मक लक्ष्य 

640 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – स्पिनर कमल परियारको राम्रो बलिङ्ग प्रदर्शनको मद्दतले गण्डकी प्रदेशले जारि प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा अन्तर्गतको खेलमा बागमती प्रदेश विरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त गरेको छ । 

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्यट्टिङ रोजेको बागमती ४९.१ ओभरमा १९८ रनमा समेटियो ।

बागमतीको सुरुवात भने राम्रो रहेको थियो । आशुतोष घिराइया र इशान पाण्डेले ९० रनको सुरुवाती साझेदारी गरेका थिए । तर दुवै ब्याटर अर्धशतक प्रहार गर्नबाट चुके । दुई ओभरको अन्तरालमा आशुतोष ४४ र इशान ४३ रनमा आउट भए । दुवै ब्याटरलाई कमल परियारले आउट गरेका थिए । त्यसपछि आएका रबिन जोशीलाई बिपिन खत्रीले शुन्यमा आउट गरे ।

कप्तान रित गौतमले पनि स्थिर सुरुवात त गरेका थिए । तर उनी २० बलमा १३ रन बनाउँदै कमलकै शिकार बने । प्रतिक श्रेष्ठ पनि कुनै रन नबनाई कमलकै बलमा कृश ऐरको हातबाट क्याच आउट भए । अशोक पौडेलले ४७ बलमा १ चौका र १ छक्काको मद्दतले ३० रन बनाएसँगै सन्दिप पराजुलीको बलमा क्याच आउट हुन पुगे ।  प्रतिस जिसीलाई बिपिनले दुई रनमा बोल्ड गरे । 

१५६-७ को अवस्थाबाट इनिङ सम्हालेका बिपिन आचार्य ५४ बलमा ४ चौका सहित ३८ रङ बनाउँदै ४७ औं ओभरमा रन आउट हुन पुगे । अर्को ओभरको पहिलो बलमा रिजन ढकाल १ रन बनाएर अमृत गुरुङको बलमा क्याच आउट भए । अन्त्यमा सुर्य तामाङ २५ बलमा १५ रङ बनाउँदै अमृतकै बलमा बोल्ड भए । क्रिजन गुरुङ १ रनमा नटआउट रहे ।   

गण्डकीका लागि कमल परियारले १० ओभरमा १ मेडन सहित ३० रन खर्चेर ४ विकेट लिए । यस्तै बिपिन खत्रीले र अमृत गुरुङले दुई तथा सन्दिप पराजुलीले समान १ विकेट लिए ।

बागमती प्रदेश अहिलेसम्म ६ खेलमा ४ जित र २ हारसहित ८ अंक बटुल्दै दोस्रो स्थानमा छ । गण्डकी भने ४ खेलमा मात्र १ जित सहित २ अंकमा आठौ स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.