2 years ago
January 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलले संघर्षपूर्ण अर्धशतक प्रहार गरेपछि नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप २०२४ अन्तर्गत त्रिभुवन आर्मी क्लबलाई १ सय २२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
भैरहवास्थित सिद्धार्थनगर रंगशालामा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको एपिएफले ३२.४ ओभरमा अलआउट हुँदै १ सय २१ रन जोड्यो । खराब मौसमका कारण ३६ ओभरमा घटाइएको खेलमा एपिएफले सुरुवाती दुवै ओभरको पहिलो बलमा क्रमश: ओपनर प्रज्वल शाही र पुरन विक (३) लाई गुमाएको थियो ।
दोस्रो ओभरमा ब्याटिङका लागि आएका रोहित ३३ औं ओभरमा नवौं विकेटको रुपमा पेभेलियन फर्केका थिए । उनले १ सय ३ बलको सामना गर्दै ५९ रन जोडे । स्पिनर बसिर अहमदको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले २ चौका र २ छक्का प्रहार गरे ।
एकतर्फ लगातार विकेट झर्दा रोहितले अर्को एण्डबाट विकेट जोगाएर रन बटुलेका थिए । एपिएफका लागि सुमित महर्जनले १४ र भुवन कार्कीले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका लागि सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले १-१ सफलता प्राप्त गरे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]