2 years ago
January 23, 2024
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले घोषणा गरेको वर्ष २०२३ को उत्कृष्ट टेस्ट र ओडिआई टोलीमा अष्ट्रेलिया र भारतका खेलाडीले दबदबा जमाएका छन् ।

अष्ट्रेलियाका ट्राभिस हेड दुबै टोलीमा पर्ने एक मात्र खेलाडी हुन् । आइसिसी टेस्ट च्याम्पियनसिपको उपाधि जितेको अष्ट्रेलियाका ५ खेलाडीले उत्कृष्ट टेस्ट टोलीमा स्थान बनाएका छन् । टोलीको कप्तानमा प्याट कमिन्स रहँदा विकेटकिपरमा एलेक्स केरी रहेका छन् ।
टेस्ट टोली : उस्मान ख्वाजा, डिमुथ करुणारत्ने, केन विलियम्सन, जो रुट, ट्राभिस हेड, रविन्द्र जडेजा, एलेक्स क्यारी, प्याट कमिन्स (कप्तान), रविचन्द्रन आश्विन, मिचेल स्टार्क, स्टुआर्ट ब्रोड
एकदिवसीय टोलीमा भने भारतका ६ खेलाडीले स्थान बनाएका छन् । टोलीको कप्तानमा रोहित शर्मा रहँदा बलिङ आक्रमणमा ३ भारतीय खेलाडी छन् ।
ओडीआई टोली : रोहित शर्मा (कप्तान), शुभ्मन गिल, ट्राभिस हेड, विराट कोहली, डेरिल मिचेल, हेनरिक क्लासेन (विकेटकिपर), मार्को जान्सन, एडम जाम्पा, मोहमद सिराज, कुलदिप यादव, मोहमद शामी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]