2 years ago
January 23, 2024
चितवन (हाम्रो खेलकुद) – भरतपुर महानगरपालिकाको आयोजना यसै महिनाको अन्त्यमा हुने ‘मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’लाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले मुख्य प्रायोजन गरेको छ ।
भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा माघ २६ गते सुरु हुने प्रतियोगितामा एक्सपर्टले गर्ने मुख्य प्रायोजनको सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ । एक्सपर्ट एजुकेसनका निर्देशक डिल्लीराम अधिकारी र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सहआयोजक चितवन जिल्ला क्रिकेट संघ रहेको प्रतियोगितामा सहभागी हुने चितवनका १० वटा सामुदायिक विद्यालयलाई एक्सपर्टले ८ लाख ६० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्न लागेको हो ।
२० वटा विद्यालय सहभागी हुने यो प्रतियोगितामा एक्सपर्टले १ सय ६० खेलाडीलाई जर्सी, १० वटा टिमलाई न्यूनतम खेलकुद सामग्री (किट), विजेता एक टिमलाई ६० हजार र उपविजेता एक टिमलाई ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।
‘ती सामग्री महानगरको रोहबरमा एक्सपर्टले सम्बन्धित विद्यालयको क्रिकेट टिमलाई हस्तान्तरण गर्ने छ’, अधिकारीले भने, ‘खेलकुदको विकास विद्यालयस्तरबाटै होस् भनेर यो प्रायोजनमा सहभागी भएका हौँ ।’
समझदारी पत्रमा हस्ताक्षरपछि भरतपुर महानगरपालिका मेयर रेनु दाहालले महानगरको आधिकारिक खेलकुद प्रतियोगितामा निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग आएको भन्दै हर्ष व्यक्त गरिन् । ‘यसले खेल विकासमा सकारात्मक प्रभाव पार्ने छ’, उनले भनिन्, ‘संस्थागत सामाजिक उत्तरदायित्वको यो राम्रो उदाहरण बन्ने छ ।’

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले निजी सरकारी र निजी क्षेत्रको सहकार्य भए मात्रै खेलकुद गतिविधि अघि बढ्ने बताए । यो सहकार्यले चितवनको क्रिकेटलाई माथि उठाउन ठूलो भूमिका निर्वाह गर्ने उनले बताए । ‘निर्माणाधिन रंगशालामा यो प्रतियोगिता गरिँदै छ’, उनले भने– ‘निजी क्षेत्रले यसरी खुलेर सहयोग गर्ने हो भने प्रतियोगिता बढ्ने छन्, त्यसले खेल विकासमा राम्रो माहोल सिर्जना गर्ने छ ।’
महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले विद्यालय खेलकुद विकासमा यो समझदारी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही २० देशमा ६० भन्दा बढी शाखामार्फत सेवा दिइरहेको एक्सपर्टले अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि भरपर्दो, आधिकारिक र विश्वसनीय परामर्श सेवा दिँदै आएको बताइएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि धेरै सामाजिक काम गर्दै आएको एक्सपर्टले आगामी दिनमा पनि यसलाई जारी राख्ने प्रबन्ध निर्देशक अधिकारीले बताए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]