default_image

2 years ago

January 24, 2024

कोशीको लगातार आठौं हार 

370 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – कोशी प्रदेशले जारि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौँ हार बेहोरेको छ । टियु क्रिकेट मैदान, किर्तिपुरमा बुधबार भएको खेलमा सुदुरपश्चिम प्रदेशविरुद्ध आठ विकेटको हार बेहोरेसँगै कोशीले आठ खेलमा लगातार हार बेहोरेको हो ।

कोशीले दिएको १२४ रनको लक्ष्य सुदुरले २१.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरका लागि नरेन भट्टले ४९ बलमा ७ चौका सहित ५४ रनको अर्धशतकिय नटआउट इनिङ खेले । यस्तै प्रकाश पाण्डे ३४ रनमा अविजित रहे । ओपनरद्वय खडक बोहोराले ९ र राजु रिजाल २१ रन बनाएर आउट भए । कोशीका लागि दुवै विकेट फिर्दोश अन्सारीले लिए । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा १२३ रनमा समेटिएको थियो । कोशीलाई सस्तैमा समेट्न सुदुरका शेर मल्ल एक्लैले पाँच विकेट लिए । उनले ६ ओभर बलिङ गर्दै १ मेडन सहित २८ रन खर्चिंदै ५ विकेट लिएका हुन् । यस्तै विकाश आग्रीले ७ ओभरमा १ मेडन सहित मात्र ९ रङ खर्चिंदै ४ विकेट लिए ।  

पछिल्लो खेलमा गण्डकी प्रदेश विरुद्ध २५ रनमा अलआउट भएको कोशीले केहि आशा लाग्दो सुरुवात गरेको भएतापनि पछि भने लय गुमाउन पुग्यो । समिर कार्की १५ बलमा ४ रन बनाएर पेभेलियन फर्किने पहिलो ब्याटर थिए । उनी छैठौ ओभरको पहिलो बलमा रन आउट भएका थिए ।

दोस्रो विकेट ६० रन बनेको अवस्थामा गयो । कप्तान अंकित सुबेदी २७ बलमा २२ रन बनाएर विकाश आग्रीको शिकार बन्न पुगे । सुजन थपलिया पनि ३ रन मात्र बनाएर विकाशकै बलमा क्याच आउट भए । मिनाश थापाले राम्रो सुरुवात गरेका थिए । तर १६औ ओभरमा उनी पनि विकाशकै बलमा ३७ बलमा ५ चौका सहित २६ रन बनाएर आउट भए ।

सोनु अन्सारी र सुभान गहतराज क्रमश: ९ र ५ रन बनाएर विकाश र शेर मल्लको बलमा आउट भए । अभ्याश तिमिल्सिना र फिर्दोश अन्सारीले पनि शेरको बलमा आउट हुनु अघि ५-५ रन मात्र बनाउन सके । भुपाल लुइँटेललाई शेरले १ रनमा रहेको अवस्थामा बोल्ड गरे ।

कमल खत्रीले अन्तिममा केहि विष्फोटक ब्याट्टिङ गर्ने प्रयास गर्दै ८ बलमा ३ छक्का सहित १८ रन बनाए । तर ठुलो शट खेल्ने क्रममा उनी पनि शेरकै बलमा नरेन साउदको हातबाट क्याच आउट भए । हेमन्त राई १ रनमा नटआउट रहे । 

कोशी अहिलेसम्मको खेलेको ८ खेलमा बिना कुनै अंक पुछारमा रहेको छ । सुदुर भने ५ खेलमा ४ जित सहित ८ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । आजै मुलपानीमा भएको खेलमा मधेश प्रदेश विरुद्ध ६ विकेटको जित निकालेको नेपाल पुलिस क्लब ५ खेलमा सतप्रतिशत जित सहित १० अंक बटुल्दै शीर्ष स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.