2 years ago
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत बुधबार नेपाल समूहको दोस्रो खेलमा पाकिस्तानसँग पराजित भयो । टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले मध्यम योगफल खडा गरेपनि पाकिस्तानलाई चुनौती दियो ।
ब्याटिङमा राम्रो सुरुवात होस् या मध्यम लक्ष्य जोगाउन बलिङमा उत्रिएको अवस्था, दुवै समयमा नेपालले पाकिस्तानलाई दबाबमा राख्न सफल भएको थियो । तर खेलमा दुई मुख्य कारणले नेपाल हार बेहोर्न बाध्य भयो ।
मध्य ओभर ब्याटिङमा कमजोर आक्रमण
नेपालले १६ औं ओभरदेखि ४१ औं ओभरसम्ममा मात्र १ चौका प्रहार गर्न सक्यो । १५ ओभरको समाप्तिमा ७२-२ को स्थितिमा रहेको नेपाल ४१ ओभर सकिँदा १३८-६ को स्थितिमा थियो । तल्लो क्रमका ब्याटरले अन्तिम ९ ओभरमा ५९ रन जोड्दै नेपाललाई मध्यम योगफलसम्म पुर्याएका थिए ।
स्पिनरविरुद्ध आवश्यकताभन्दा निकै रक्षात्मक बन्दा नेपालले रन बटुल्न सकेको थिएन । मध्य क्रममा विकेट जोगाउने धुनमा नेपालले आक्रामक सट खेल्ने जोखिम नै लिएन । त्यसको फाइदा उठाउँदै स्पिनरले लगातार डट फ्याँकेर नेपाली ब्याटरलाई बाँधिरहे । पाकिस्तानका दुइ मुख्य स्पिनरले २० ओभरमा मात्र ३८ रन खर्चेर नेपालको ४ विकेट लिए ।

टोली छनोटमा गल्ती
नेपालले पाकिस्तानविरुद्ध ३ खेलाडी परिवर्तन गरेको थियो । जसमा बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता पनि टोलीमा समेटिएका थिए । तर पाकिस्तानका शीर्ष ५ ब्याटर बायाँ हाते नै भएको अवस्थामा मुख्य स्पिनर र तीव्र गतिका बलर दुवै बायाँ हाते खेलाउनु गल्ति थियो । अझ स्पिनलाई सहयोग पुग्ने पिचमा तिलकराज भण्डारी बाहिर राखेर दुर्गेश ल्याउनु ठूलो निर्णय थियो ।
कप्तान देव खनालले २६ ओभरसम्म आइपुग्दा मात्र सुरुवाती ३ ओभर दुर्गेशलाई दिनुले पनि टोली छनोटमा गल्ती भएको प्रष्ट हुन्छ । दुर्गेशले पहिलो स्पेलमा दोस्रो, चौथो र छैटौं ओभर फ्याँकेपछि अर्को स्पेल मात्र पाएका थिए । छैटौं ओभरमा १६ रन प्रहार भएपछि आक्रमणबाट बाहिरिएका उनी आकाशले २६ औं ओभरमा तेस्रो विकेट लिएपछि मात्र आक्रमणमा आएका थिए । समग्रमा दुर्गेशले ७ ओभरमा ३८ रन खर्चेर कुनै विकेट लिएनन् ।
लगातार दोस्रो हार बेहोरेको नेपालको पनि सुपर सिक्समा अघि बढ्ने सम्भावना बाँकी छ । यसका लागि नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । दुवैले अंक जोडेका छैनन् भने नेट रन रेटको आधारमा नेपाल तेस्रो स्थानमा र अफगानिस्तान पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]