2 years ago
January 25, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – मुख्य ब्याटर अनिल शाहको शतकको मद्दतमा मधेश प्रदेशले प्रधानमन्त्री कप २०२४ अन्तर्गत गण्डकी प्रदेश विरुद्ध विशाल योगफल खडा गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको हो ।
यो योगफल जारी संस्करणको सबैभन्दा उच्च योगफल समेत हो । यसअघि मधेशले नै सुदुरपश्चिम विरुद्ध सर्वाधिक ३१९ रन बनाएको थियो ।
मधेशका लागि अनिलले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १२४ रनको शतकीय इनिङ खेले । उनले १०४ बलमा शतक पुरा गरेका थिए । यसै प्रतियोगितामा उनले कोशी र सुदूरपश्चिम विरुद्ध राम्रो इनिङ खेलेपछि शतक बनाउनबाट चुकेका उनी बागमती प्रदेशका आशुतोष घिराइयालाई उछिन्दै प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको तालिकामा शीर्ष स्थानमा उक्लिएका छन् । जारी प्रतियोगितामा यो आठौं शतक पनि हो भने मधेशका लागि दोस्रो शतक हो ।

मधेशले सुरुवाती ब्याटर तथा कप्तान हरिशंकर शाहलाई दोस्रो ओभरको पहिलो बलमा नै गुमाएको थियो । २ रन बनाएको अवस्थामा उनी कृष्ण पौडेलको बलमा सन्दिप पराजुलीद्वारा क्याच आउट भएका थिए ।
अनिल र मयन यादव मिलेर दोस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए । मयन ४४ बलमा २७ रन बनाएर २०औं ओभरमा आउट भएका थिए । चौथो नम्बरमा आएका पवन सर्राफ ३८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाएर सन्दिपकै बलमा क्याच आउट भए ।
त्यसपछि आउट हुने ब्याटर अनिल थिए । ३८औ ओभरमा कमल परियारको बलमा कृश ऐरको हातबाट उनी क्याच आउट भएका थिए । रुपेश सिंह ३५ बलमा ३२ रन बनाएर रन आउट भए ।
अरनिको यादवले विष्फोटक इनिङ खेल्दै ३४ बलमा ५ चौका र ३ छक्का सहित ६४ रनमा अविजित रहे । यस्तै अर्कोतर्फ अभिषेक तिवारी १९ बलमा २७ रनमा नटआउट रहे ।
गण्डकीका लागि सन्दिप पराजुलीले १० ओभरमा ५१ रन दिँदै २ विकेट लिए । यस्तै कमल परियारले १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिँदा कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेर १ विकेट नै लिए । कृष्ण पिएम कप इतिहासमा एकै इनिङमा सबैभन्दा बढी रन खर्चने बलर समेत बनेका हुन् ।
मदेश ७ खेलमा ८ अंक सहित तालिकाको पाचौ स्थानमा छ । गण्डकी भने ५ खेलमा ४ अंक सहित आठौ स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]