default_image

6 months ago

January 25, 2024

दीपेन्द्र ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसेडर

956 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनलको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् ।

ग्रेस इन्टरनेशनलले यो वर्ष नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजना अनुरुप दीपेन्द्रसँग सहकार्य सम्झौता गरेको हो । विहीबार काठमाडौंमा एक कार्यक्रमबीच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयु पौडेल र दीपेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर गरे । दीपेन्द्र ३ वर्षका लागि ग्रेसको ब्राण्ड एम्बेसेडर रहनेछन् ।

ग्रेस इन्टरनेसनल विगत १७ वर्षदेखि नेपालमा रहेका र विशेषतः अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरीका लगायतका देशमा पढ्न चाहने वि‌द्यार्थिहरुलाई परामर्श प्रदान गर्दै आएको संस्था हो । ग्रेसका निर्देशल पौडेलले दुवै पक्षको सहकार्यले नयाँ पुस्ता र विशेषत: युवा पिढीलाई करिअर निर्माण गर्न मदत पुग्ने विश्वास व्यक्त गरे । उनले दीपेन्द्रसँगको सहकार्य व्यावसायिक प्रर्वद्दनको उ‌द्देश्य मात्र नभएर क्रिकेटप्रति उत्तरदायित्वको रुपमा रहेको बताए ।

दीपेन्द्रले पनि ग्रेससँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस यात्रामा साथ दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा ग्रेस इन्टरनेसनलले वर्ष २०२४ लाई विज्ञापन र प्रचारको वर्ष भन्दा पनि सामाजिक उत्तरदायित्व बहनको वर्षका रुपमा मनाउने प्रतिवद्धता पनि व्यक्त गरेको छ। ग्रेसले नेपाली क्रिकेटका धेरै घरेलु प्रतियोगितालाइ सहयोग गर्ने, गाउँ गाउँका स्थानीय खेलाडी र प्रतियोगितालाई प्रोत्साहन गर्ने, विभिन्न ठाउँमा खेलकुद सामग्री वितरण गर्ने, खेलाडीहरुलाई व्यवसायिक बनाउन सहयोग गर्ने लगायतका योजना अघि सारेको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.