default_image

2 years ago

January 25, 2024

बागमतीको पाँचौ जित

1356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप २०२४ मा सुदूरपश्चिम प्रदेशमाथि जित दर्ता गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बागमतीले सुदूरपश्चिमलाई ९७ रनले पराजित गरेको हो । जितका लागि २ सय ४८ रन पछ्याउने क्रममा सुदूरपश्चिम ३१ औं ओभरमा १ सय ५० रनमा अलआउट भयो । बागमती ८ खेलमा १० अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । पाँचौ स्थानमा रहेको सुदूरपश्चिमको ६ खेलमा ८ अंक छ ।

राम्रो सुरुवात पाएपनि सुदूरपश्चिमले मध्यक्रममा राम्रो गर्न सकेन । राजु रिजाललाई २ रनमा गुमाएपछि दोस्रो विकेटका लागि खडक बोहोरा र नरेन भट्टले ६४ रनको साझेदारी गरेका थिए । खडक १२ औं ओभरको पहिलो बलमा २१ रन जोड्दै आउट भएपछि नरेन पनि लामो समय टिकेनन् ।

नरेन १५ औं ओभरमा आउट भएपछि लगातार विकेट खसेको थियो । नरेनले ४४ बलमा ६ चौकासहित ४१ रन जोडे । तल्लोक्रममा किरण ठगुन्नाले २७ बलमा ४ चौका र ३ छक्कासहित ४१ रन बनाए । अन्यले भने खासै योगदान दिन सकेनन् ।

सूर्य तामाङ र विपिन आचार्यले ३-३ विकेट लिए । रिजन ढकाल, क्रिजन गुरुङ र सोनु देवकोटाले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको थियो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले उच्च लय कायम राख्दै अर्धशतक बनाए ।

आशुतोषले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन जोडे । उनले कप्तान रित गौतमसँग दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । रितले ६१ बलमा ९ चौकासहित ४४ रन जोडे ।

बागमतीका इशान पाण्डे २, रविन जोशी २४, अशोक पौडेल ३१ विपिन आचार्य १२ रनमा आउट भए । सोनु देवकोटाले तल्लोक्रममा २० बलको सामना गर्दै २ चौका र २ छक्कासहित नटआउट २८ रनको योगदान दिए । प्रतिशले १-१ चौका र छक्कासहित १४ बलमा १७ रन जोडे ।

सुदूरपश्चिमका लागि नारायण जोशी र शेर मल्लले ३-३ विकेट लिए । विकास आग्रीले २ र मिलन बोहोराले १ विकेट हात पारे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.