default_image

6 months ago

January 26, 2024

नेपालले अफगानिस्तान विरुद्ध टस हार्यो

1649 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको तेस्रो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ । अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ्ग गर्ने भएको छ

नेपालले पाकिस्तानविरुद्धको पहिलो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । विकेटकिपर उत्तम मगर र तिव्र गतिका बलर दुर्गेश गुप्ता टोलीबाट बाहिर रहेका छन् । मध्यक्रमका ब्याटर दिपक बोहोरा र लेग-स्पिनर तिलक भण्डारी टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११:

अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, देव खनाल (कप्तान), दिपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, तिलक भण्डारी

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा स्नेहिथ रेड्डीको आक्रामक शतकमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २ सय ३८ रन जोडेको थियो । नेपालका लागि अर्जुन कुमालले ९० रनको इनिङ खेलेका थिए ।

दोस्रो खेलमा भने पाकिस्तान विरुद्ध नेपाल ५ विकेटले पराजित भयो । नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४८औं ओभरमा पूरा गरेको थियो । नेपालले पाकिस्तानसंगको खेलमा स्पिन विरुद्ध सोचेजस्तो प्रदर्शन गर्न सकेमा । तिव्र गतिका बलर विरुद्ध नेपालले कमजोर प्रदर्शन गर्ने आँकलन गरिएकोमा सो खेलमा पाकिस्तानका स्पिनरहरुले नेपाली ब्याटरलाई समस्या दिएका थिए ।

नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.